आज :

सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीले कब्जा गरे प्रधानमन्त्रीको कार्यालय, संकटकाल घोषणा

  • अनलाइन डबली

काठमाडौं । आर्थिक र राजनीतिक संकटमा फसेको श्रीलंकाको राजनीतिमा नयाँ मोड आएको छ। यसअघि आज (बुधबार) राजीनामा दिन्छु भनेका राष्ट्रपति गोटवाया राजापाक्षे देश छोडेर भागेका छन्।

सैनिक जहाजमा छिमेकी माल्दिभ्स पुगेका राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्।

श्रीलंकाको तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ।

प्रदर्शनहरू बढ्दै गएपछि विक्रमासिंघेले यसअघि आफूले राजीनामा दिने बताएका थिए। विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन्।

प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि कब्जा जमाएका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् ।बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ ।

कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् र पछि अस्पताल भर्ना भएका छन्। घाइते नौ पुरुष र एक महिलालाई उपचारको लागि भर्ना गरिएको छ ।

तीमध्ये छ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएकोडेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। दुई जना घाइते बने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ र पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका समाचार सार्वजनिक भएका छन् ।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal