आज :

बस चढेको ७ मिनेटमा चुडिँयो छोरीलाई अस्ट्रेलिया पठाउने सपना, आमा रहिनन्, छोरी अझै अचेत

  • अनलाइन डबली

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाए । असार २१ मा भएको सो दुर्घटनामा सुनापति–५ खनियापानी घर भएकी सञ्जु आलेको पनि मृत्यु भयो ।

असार २१ मा बिहान बा.३ ख ८३९६ नम्बरको बस चढेर सञ्जु र उनकी छोरी सुनिता मगर काठमाडौँ आउँदै थिए । बिरलै गाउँ जाने सञ्जु त्यतिबेला वडा कार्यालयमा छोरीको कागजात बनाउन गएकी हुन् ।

वडाबाट सिफारिस ल्याएर पासपोर्ट बनाउने र छोरीलाई अस्ट्रेलिया पठाउने उनको सपना थियो । तर, विडम्बना बस चढेको करिब ७ मिनेटमा दुर्घटना भयो, उनको घटनास्थलमै मृत्यु भयो ।

छोरी सुनिता​ धुलिखेल अस्पतालको आईसीयूमा छिन् । सुनिताको होस आएको छैन । आमाको मृत्यु भएको उनले थाहा पाएकी छैनन् । सुनिता​का बुवा भरत आलेमगर खाडी मुलुकमा थिए ।

दुर्घटनामा पत्नीको मृत्यु र छोरी गम्भीर घाइते भएको खबर सञ्चार माध्यमबाट थाहा पाएपछि उनी काठमाडौँ फर्किए । ३ छोरी र पत्नीलाई भक्तपुरको जगातेमा डेरामा छाडेर उनी विदेश हानिएका थिए ।

असार २२ मा काठमाडौँ ओर्लिएपछि डेरामा पुगे, माइली र कान्छी छोरीलाई लिएर दुर्घटना स्थलमा गए । दाजुभाइ र छिमेकी पत्नीको शव कुरिरहेका थिए । असह्य पीडालाई पैतालाले कुल्चिएर पत्नीको दाहसंस्कार गरे ।

भरत अहिले सञ्जुको कोरा (काजकिरिया मा प्रयोग गरिने शब्द) बसेका छन् । १२ कक्षा पास गरेर सुनिता​ले आइएल्टस पास गरिन् । फोनमा श्रीमान्–श्रीमतीको सल्लाह भएपछि सञ्जु कागजात बनाउन वडा कार्यालयमा गएकी हुन् । तर, छोरीलाई अस्ट्रेलिया पठाउने सपना दुर्घटनाले चुँडिदियो ।

इन्टरनेशलन इङ्लिस ल्याङ्ग्वेज टेष्टिङ सिस्टम (आइएल्टस) पास भएपछि छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गरेको भरत आलेमगरले बताए । उनले भने–‘छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गर्दै थियौँ, यस्तो भयो ।’

खनियापानी स्थित घरमा सञ्जुको फोटो राखेर भरत १३ दिने कर्म गर्दै छन् । धुलिखेल अस्पतालमा छोरी अचेत छिन् । चिकित्सकहरूका अनुसार सुनिता​को स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन । छोरीको उपचारमा उनका फुपाजु रमेश पुलामी खटिएका छन् । भरत भन्छन्–‘रमेश फुपाजु उपचारमा हुनुहुन्छ, मेरो यस्तो हालत भयो ।’

धन्न भरतले मन बुझाएका छन् । उपचार पुरा नहुन्जेल जेठी छोरीलाई अस्ट्रेलियामा पढ्न पठाउने उनको सपनामा ब्रेक लागेको छ । दुई छोरीहरू भक्तपुर स्थित गणेश स्कुलमा पढ्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal