आज :

रुसले विश्वकै शक्तिशाली ‘बेलगोरोड’ पनडुब्बी मैदानमा उतार्यो, युरोपमा सुनामी ल्याउन सक्ने

  • अनलाइन डबली

काठमाडौँ । रुसले संसारकै एक नम्ब पनडुब्बीलाई मैदानमा उतारेको छ । बेलगोरोड नाम दिइएको सबमरिनको लम्बाई १८४ मिटर रहेको छ भने ३० हजार टन तौल रहेको छ । यति शक्तिशाही पनडुब्बी अरु कुनै पनि देशसँग छैन ।यो पनडुब्बीले पानीभित्रै रेडियो एक्टिभ गरेर सुनामी ल्याउन सक्छ । यसले पाँच सय मिटर अर्को उछाल ल्याउन सक्ने बताइएको छ । यसले ६ वटा न्यूक्लियर बम प्रहार गर्न सक्छ । त्यस्तै, यसले समुद्रबाटै ब्यालेस्टिक क्षेप्यास्त्र समेत प्रहार गर्न सक्छ ।

सांसरकै दोस्रो शक्तिशाही पनडुब्बी पनि रुससँगै रहेको छ । त्यसको नाम टाइफुन क्लास हो । यसको लम्बाई १७५ मिटर छ । त्यस्तै, तेस्रो शक्तिशाली पनि रुससँगै रहेको छ । त्यसको नाम बोरेई क्लास राखिएको छ । यसको लम्बाई १७० मिटर रहेको छ । यसले पनि एक सय मेगाटन न्यूक्लियर पेलोड प्रहार गर्न सक्छ ।

यी तिनवटै सबमरिनसँग मुकाबिला गर्न सक्ने तागत कुनै पनि देशसँग छैन । लम्बाई ब्लास्टिक मिलाई प्रहार गर्न सक्छ । यी तीनवटै सबमरिनले समुद्रबाटै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न सक्छन् । यसमा एन्टीशिप मिसाइल सिस्टम समेत जडान गरिएको छ । विरोधीको हमलाको सजिलै मुकाबिला गर्न सक्ने रुसको दाबी छ ।

यसअघि रुसी अधिकारीहरुले यो पनडुब्बीबाट सुनामी सिर्जना गरेर बेलायतजस्ता देशहरुको नाम निसाना न मिटाइदिने चेतावनी पनि दिएका थिए । चेतावनी लगत्तै रुसले संसारकै लामो र शक्तिशाली बेलगोरोडलाई मैदानमा उतारेको छ ।

पश्चिमा देशहरुले युक्रेन युद्धलाई लम्ब्याएर रुसलाई कमजोर बनाउन चाहिरहेका छन् । रुसले पनि मोर्चाबद्ध लडाइँ लडिरहेको छ । रुसी राष्ट्रपनि भ्लादिमिर पुटिनले युक्रेनका आम नागरिकलाई नागरिकता दिने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । अब युक्रेनको नाम निसानै हराउने भएको छ ।

हजारौं युक्रेनीहरु रुसको नागरिकता लिन तयार रहेका छन् । आधाभन्दा बढी नागरिकहरु रुसलाई साथ दिइरहेका छन् । त्यस्तै रुसले बाल्टिक सागर हुँदै जर्मनी पुर्याइएको पाइपलाइन अवरुद्ध गरेको छ । रुसले ग्यास पाइपलाइन अवरुद्ध गरेसँगै युरोपमा महंगी जर्मनमा महंगी बढेको छ ।

ग्यास पाइपलाइन पुनः सुचारु नभए यसको असर सिंगो यूरोपमा पर्ने बताइएको छ । जर्मनीसँगै इटली लगायतका देशहरुमा यसको प्रभाव परिसकेको छ अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal