आज :

युक्रेन युद्धमा इरान पनि सहभागी ! अमेरिकालाई काउन्टर दिन रुसलाई दियो घातक ड्रोनहरु

  • अनलाइन डबली

काठमाडौँ । युक्रेन युद्ध जति लम्बिएको छ, त्यति नै विश्वका अन्य देशहरु ध्रुविकृत हुँदै गएका छन् । अहिले अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनलाई सबै खाले सहयोग गर्दै आइरहेका छन् । उनीहरुसँग रुस एक्लै भिडिरहेको छ । युक्रेनलाई पश्चिमा देशहरुले जनशक्तिसहित सैन्य अस्त्रहरु पठाइरहेका छन् तर रुसले एकपछि अर्को युक्रनी शहर कब्जा गरिरहेको छ । रुसले युक्रेनका महत केही दिन पहिले मात्रै युक्रेनको अर्को महत्वपूर्ण सहर स्लोवान्स्क पनि रुसी सेनाको नियन्त्रणमा गएको छ ।

अमेरिकाको कट्टर विरोधी देश इरानले पनि युक्रेन युद्धमा हात हालेको छ । युक्रेनले आफ्नो वैज्ञानिकहरुले निर्माण गरेको घातक ड्रोन युक्रेन पठाएको छ । उसले रुसी सेनालाई सहयोग गर्न ती ड्रोनहरु युक्रेन पठाउन लागेको अमेरिकी सुरक्षा सल्लाहकार जैक सुलवीनले दाबी गरेका छन् । यदि सुलवीनको सूचना सही भएमा युक्रन यद्धमा इरान पनि सहभागी बन्नेछ । परमाणु शक्ति सम्पन्न देश इरानले युक्रेनमा हात हाले पश्चिमा देशहरुलाई थप चुनौती हुनेछ ।

इरानका ड्रोन निकै शक्तिशाली मानिएको छ । ती ड्रोनले ब’म खसाल्नेदेखि परमाणु अस्त्र बोक्न सक्ने बताइएको छ । रुससँग पनि यस्ता ड्रोनहरु भएपनि आफ्नो सहयोगी देशलाई साथ दिन इरानले पठाउन लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । अमेरिकाले युक्रेन युद्धमा इरान पनि रुसको पक्षबाट सहभागी भएको आरोप लगाएको छ ।

अमेरिकाले सयौंको संख्यामा ड्रोनहरु पठाउन थालेपछि त्यसलाई काउन्टर गर्न इरानले पनि ड्रोनहरु रुसी सेनालाई उपलब्ध गराउन लागेको बताइएको छ । तर, यसबारे इरान र रुस दुबै देशले कुनै प्रतिक्रिया दिएका छैनन् । भारतीय रक्षा विज्ञहरुले भने अमेरिकाले इरानलाई पनि उत्तेजित पार्न खोजेको बताउँदै त्यस्ता ड्रोन रुस आफैसँग भएको बताउँछन् ।

यसअघि रुसले पहिलो पटक एन्टी ड्रोन गन युक्रेन पठाएको भिडियो सार्वजनिक गरेको थियो । उक्त गनले ड्रोनमा प्रयोग भएको डिभाइस नै जाम गरिदिने रुसको दाबी छ । उक्त गनले ड्रोनका गतिविधिबारे सही सूचना समेत दिने र दुई किलोमिटरसम्म सजिलै निसाना लगाउन सकिने बताइएको छ ।

‘स्तुपर’ नाम दिएको एन्टी ड्रोनमा प्रयोग गरिएको इलेक्ट्रोम्यान्ग्रेटिक पल्सले डिभाइस जाम गरिदिने रुसी संचारमाध्यमहरुले जनाएका छन् । यसले निसाना लगाएर ट्रीगर दबाए ड्रोनको डिभाइसले काम नगर्ने र जमिनमा खस्छ । त्यस्तै क्यामारा पनि जाम गरी ड्रोनले खिचेको दृश्य हेर्न नसक्ने बनाइदिने बताइएको छ ।

युक्रेनमा पश्चिमा देशहरु र रुसले नयाँ नयाँ प्रविधिको प्रयोग भइरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन जे भइरहेको त्यो सानो टेलर मात्रै भएको र युद्ध सुरु हुन बाँकी रहेको बताएका छन् । उनले सांसदहरुसँगको छलफलको क्रममा उक्त कुरा बताएसँगै युक्रेनमा अझै ठूलो र भिषण संघर्ष हुने अनुमान गरिएको छ ।

पश्चिमा देशहरुले रुसलाई युक्रेनबाट पराजित गरेर फिर्ता गराउने दाबी गरिरहेका छन् भने रुसले आफ्नो मिसन पूरा नभएसम्म पछि नहट्ने बताउँदै आएको छ । युरोपियन यूनियनका देशहरु युक्रेनलाई अस्त्र पठाउन थालेपछि रुसले बाल्टिक सागर हुँदै जर्मनी ल्याइएको ग्यास पाइपलाइन बन्द गरिदिएको छ । यो सँगै यूरोपमा महंगी, आर्थिक मन्त्री सुरु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal