आज :

युक्रेनले रुसविरुद्ध साढे चार महिनायताकै सबैभन्दा ठूलो हमला गर्यो, खेरसनमा रुसलाई धक्का

  • अनलाइन डबली

काठमाडौँ । चार महिनासम्मको युद्धमा युक्रेनलाई सबैभन्दा ठूलो सफलता मिलेको छ । रुसले कब्जामा लिएको खरसनमा युक्रेनी फौजले गरेको हमलामा रुसलाई क्षति पुगेको बताइएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाको नियन्त्रणमा रहेको खेरसनस्थित एयरपोर्टमा युक्रेनले हमला गरेको हो । अमेरिकाले दिएको रकेटबाट युक्रेनले हमला गरेको बताइएको छ । उक्त हमलामा रुसको ठूलो क्षति पुगेको यक्रेनको दाबी छ ।

युक्रेनी फौजले रुसविरुद्ध लामो दूरीबाट यति ठूलो हमला पनि पहिलो पटक गरेको हो । युक्रेनले पश्चिमा देशहरुसँग लामो दूरीका अस्त्र माग्दै आएको थियो । पछिल्लो पटक अमेरिका र नेटोले दिएका अस्त्रको पछिल्लो खेप युक्रेन पुगेको छ । अमेरिकाले पहिलो पटक दिएको रकेटबाट टाढैबाट युक्रेनी फौजले हमला गरेको बताइएको छ ।

पश्चिमा मिडियाहरुले हमलामा परी रुसका १२ सैनिक अधिकारीको ज्यान गएको समाचार सम्प्रेशण गरेका छन् । त्यस्तै, अन्य १३ जनाको पनि ज्यान गएको बताइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार एयरपोर्टसहित खेरसन रुसकै नियन्त्रणमै रहेको बताएका छन् । टाढैबाट हमला रकेट प्रहार गरेपनि स्थलबाट युक्रेनी फौज खरसन पुग्न सक्ने सम्भवना कमै रहेको बताइएको छ ।

रुसी सेनाका सैन्य अस्त्रमाथि नै रकेट प्रहार गरिएको युक्रेनले दाबी गरेको छ । दाबी गरिएअनुसार नै महला गरिएको हो भने रुसको लागि धक्का नै हो । खेरसन आधार बनाएर किभ बढ्ने रुसी सेनाको मिशनमा केही भएपनि धक्का लागेको बताइएको छ । युक्रेनले भिडियो सार्वजनिक गर्दै ठूलो क्षति भएको दाबी गरेपनि अहिलेसम्म रुसले भने कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

खेरसन युक्रेनको महत्वपूर्ण शहरमध्येको एक हो । यो शहर रुसी सेनाले कब्जामा लिएपछि मारियोपोललगायत पूर्वी क्षेत्रबाट युक्रनी फौज लखेटिएका छन् । डोनबास, लुहान्स्क क्षेत्र रुसको नियन्त्रणमै छ भने ओडिसामा पनि लडाइँ जारी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal