आज :

विश्व परमाणु युद्धतिरः बच्ने उपायबारे अमेरिकाले आफ्ना नागरिकको लागि जारी गर्याे भिडियो, संसारभर तरंग

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाले परमाणु हमलाबाट बच्न भन्दै एउटा भिडियो सन्देश जारी गरेको छ । अमेरिकाले सम्भावित परमाणु हमलाबाट कसरी बच्ने भन्दै उक्त भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमा तीनवटा स्टेपबारे बताइएको छ । पहिलो, दोस्रो र तेस्रो स्टेप पूरा गरे परमाणु हमलाबाट बच्न सकिने बताइएको छ ।

न्यूयोर्क स्टेट इमरजेन्सी म्यानेजमेन्टले नागरिकलाई परमाणु हमलाबाट कसरी बच्न सकिन्छ भन्ने सिकाएको डेढ मिनेटको भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमा पहिलो स्टेपमा परमाणु हमलाको साइरन बचेको वा सूचना पाएपछि घरभित्र जाने, आफ्नो परिवार वा आफन्तलाई पनि लैजाने, भित्रै बस्ने र संचार सम्पर्कमा रहन भनिएको छ ।

तर, भारतीय रक्षा विज्ञहरुले यो न्यूक्लियरबाट बच्न कुनै तरिका नभएको बताउँछन् । न्यूक्लियर हमलाबाट निश्चित क्षेत्र नै ध्वस्त गर्ने भएकोले यो तरिका काम नलाग्ने उनीहरुको दाबी छ । यो भिडियो कहिले निर्माण गरिएको हो भन्नेमा पनि उनीहरुले शंका गरेका छन् । अमेरिकाले यो भिडियो जारी गरेसँगै विश्व तरंगित भएको छ । रुसले परमाणु हमलाको चेतावनी दिइरहेको बेला अमेरिकाले यो भिडियो जारी गरेको छ ।

यसैबीच अमेरिकी एकै पटक १६ वटा परमाणु ब’म बोक्न सक्ने बि–२ बम्बर अस्ट्रेलियामा तैनाथ गरेको छ । यसलाई विश्वकै घातक ब’म बर्षक विमान मानिन्छ । अमेरिकाले त्यहाँ रहेको आफ्नो सैन्य आधार शिविरमा उक्त विमान तैनाथ गरेको हो । अमेरिकाले प्रसान्त क्षेत्रमा आफ्ना सहयोगी देशहरुको सुरक्षाको लागि यो विमान तैनाथ गरेको बताएको छ ।

अमेरिकाले जुलाई १० मा नै उक्त विमान अस्ट्रेलिया तैनाथ गरेको बताइएको छ । यसले चीन र अस्ट्रेलियबीचको तनाव झन् बढाउने निश्चित छ । अमेरिकी बेश क्याम्पकै कारण चीन र अस्ट्रेलियाबीच तनाव जारी छ ।

अमेरिकाले चीनलाई उक्साउन उक्त विमान यहाँ तैनाथ गरेको बताइएको छ । १९ हजार किलोमिटरसम्म मार क्षमता भएको भनिएको यो विमानलाई रडार सिस्टमले पनि कुनै जानकारी पाउन सक्दैन । यसले एक हजार किलोसम्मको परमाणु बम बोक्न सक्छ । भारतीय रक्षा विश्लेषकहरुले भने अमेरिका डर छेरुवा भएको भन्दै अरुलाई आतंकित बनाउन यो विमान तैनाथ गरेको दाबी गर्छन् ।

विश्व परमाणु युद्धतिर अघि बढेको छ । युक्रेन घटनासँगै बढेको द्वन्द्वले विश्वका शक्ति सम्पन्न देशहरुलाई आमनेसामने आउन बाध्यता सिर्जना गरेको छ । आफ्नो सुरक्षा मामिलालाई चुनौती दिएको भन्दै रुसले युक्रेनमा सैन्य कारवाही करिब पाँच महिनाअघि सैन्य कारवाही सुरु गरेको थियो । त्यसले विश्व दुई ध्रुबमा विभाजित हुन पुग्यो ।

एकातिर अमेरिकी नेतृत्वमा पश्चिमा देशहरु र अर्कोतिर रुस, चीनसहितका देशहरु । दोस्रो विश्वयुद्ध पछि पहिलो पटक शक्ति सम्पन्न देशहरु यसरी आमनेसामने पुगेका हुन् । युक्रेनमा जसरी पनि रुसलाई पराजित गरेरै छोड्ने पश्चिमा देशहरुको हठका कारण विश्वयुद्धको खतरा नजिकिँदैछ ।

यसैबीच अमेरिकाले जापानकाे संविधान संशाेधन गर्न लगाएकाे छ । चीनले कडा शब्दमा प्रतिवाद गर्दै अमेरिकाले अाफूविरूद्द जापानलाइ उचल्न खाेजे परिणाम राम्राे नहुने चेतावनी दिएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal