आज :

पुटिनको अर्को कदमः सबै युक्रेनीलाई नागरिकता, अब युक्रेन अस्तित्वमा नरहन सक्ने

  • अनलाइन डबली

काठमाडौँ । रुसले अब सबै युक्रेनीलाई नागरिकता दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेना सबै नागरिकलाई नागरिता दिने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । युक्रेनाम सैन्य कारवाही सुरुदेखि हजारौं युक्रेनीहरु रुस पुगेका छन् । उनीहरुले शरणार्थीको रुपमा रहेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पुटिनले हस्ताक्षर गरेसँगै सबै युक्रेनीलाई रुसी नागरिकता लिन पाउन प्रक्रिया अघि बढेको छ । यो आदेश रुसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ।

यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए। यो आदेशमा युक्रेनको डोनेट्स्क र लुहान्स्कका नगारिकलाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो।

तर, अहिले भने सम्पूर्ण युक्रेनीलाई नै नागरिकता दिने आदेश जारी भएको छ । यसले हजारौं युक्रेनीहरुले रुसी नागरिकता लिन चाहिरहेका छन् । उनीहरुले यसबाट खुशी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पुटिनको यो कदमले भविश्यमा युक्रेनको अस्तित्व नै समाप्त हुन सक्ने बताइएको छ । अब भूगोल युक्रेन भएपनि भएपनि उनीहरु रुसी नागरिक हुनेछन् र युक्रेनी रुसको भाग हुनेछ ।

किभले अत्याचार गरेकाे भन्दै पूर्वी युक्रेनका लुहान्स्क र डोनेस्क क्षेत्रका नागरिकहरु अलग राज्यको माग गर्दै सन् २०१४ देखिनै संघर्षरत छन् । उनीहरुको मागअनुसार पुटिनले सैन्य कारवाही सुरु गर्नुअघि युक्रेनका ती दुई क्षेत्र युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।

पुटिनले केही दिन पहिले सार्वजनिक रूपमै साेभितकालिन जमिन फिर्ता र रक्षाा गर्नु कर्तव्य भएकाे बताएका थिए । साेभियतकालमा युक्रेन पनी रूसकै भूभाग थियाे । पुटिनकाे भाषा यसैलाइ केन्द्रमा राखेर अाएकाे बताइन्छ ।

यसैबीच रुसले बाल्टिक सागर हुँदै जर्मनीबाट युरोप सप्लाई भइरहेको ग्यास पाइपलाइन बन्द गरेको छ । जर्मनीले आफूविरुद्ध निरन्तर लागेको र युक्रेनलाई सैन्य अस्त्र पठाउँन नरोकेपछि यो ग्यास पाइप बन्द गर्न राष्ट्रपति पुटिनले आदेश दिएको बताइएको छ । यसअघि पुटिनले आफ्नो देशविरुद्ध जानेको नराम्रो हुन चेतावनी समेत दिएका थिए ।

रुसको यो कदमसँगै युरोपमा हाहाकार मच्चिन सक्ने विश्लेषण सुरु भएको छ । ग्यास पाइपलाइन बन्द भएसँगै जर्मनीमा आर्थिक मन्दी हुने र महंगी सर्वसाधारणको पहुँचभन्दा टाढा जानेछ । उनीहरु त्यसको विरोधमा सडकमा आउन सक्ने बताइएको छ । ग्यास पाइलपाइलन बन्दले इटलीलगायत युरोपका धेरै देशहरुमा संकट पैदा हुन सक्ने विश्लेषकहरु बताउँन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal