आज :

रुसले युक्रेनको स्लोवान्स्क शहरमा अहिलेसम्मकै ठूलो हमला गर्याे, सय युक्रेनी सेनाको मृत्यु, अमेरिकाले दिएका अस्त्र नष्ट

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले युक्रेनको स्लोवान्स्क शहरमा ठूलो हमला गरेको छ । यो सहरमा यसअघि यति ठूलो महला नभएको बताइएको छ । रुसी रक्षा मन्त्रालयाका अनुसार युक्रेनी फौजले अमेरिका दिएका हतियारसहित सो शहरमा जम्मा भएर रुसी सेनाविरुद्ध हमला गरिरहेका थिए । रुसी सेनाले गरेको हवाई हमलामा परी एक सय भन्दा बढी युक्रेनी सेनाको ज्यान गएको रुसको रक्षा मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । त्यस्तै, १५ सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले हमलाको भिडियो समेत सार्वजनिक गरेको छ । भिडियोमा युक्रेनी फौजको व्यपक क्षति भएको देखिएको छ । रुसले अमेरिकाले दिएका मिसाइलसहित युद्ध अस्त्रहरु पनि पूर्णरुपमा नष्ट भएको दाबी गरेको छ । अमेरिका र नेटोले दिएका हतियार त्यहाँ भण्डार गरेर सो क्षेत्रमा पठाउने तयारी भइरहेको बेला रुसले हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यसअघि रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनले युक्रेनमा अहिले आफ्नो सेनाले युद्धको टेलर मात्रै देखाएको बताउँदै युद्ध सुरु हुन बाँकी रहेको बताएका थिए । उनले अमेरिकासहित नेटा देशहरुले युक्रेनलाई हतियार दिन जारी राखे त्यसको परिणाम खराब हुने चेतावनी दिएका थिए ।
रुसले युक्रेनको लुहान्स्क र डोनबास क्षेत्र कब्जामा लिइसकेको छ । पश्चिमा देशहरुले दिएका लामो दूरीका मिलाइल युक्रेनी फौजले सो क्षेत्रमा प्रहार गरेको बताइएको छ । रुसको कब्जामा गएका क्षेत्रका आवासीय क्षेत्रमा पनि युक्रेनी फौजले हमला गरिरहेको बताइएको छ ।

स्लोभाकियाले युक्रेनलाई मिग–२९ लडाकु जेट विमान दिने घोषणा गरेको छ । यसबारे रुसले औपचारिक रुपमा केही प्रतिक्रिया दिएको छैन । स्लोभाकियाले अमेरिकासँग खरिद गरेर युक्रेनलाई दिन लागेको बताइएको छ । उसले अमेरिकासँग १२ जेट विमान खरिदको लागि यसअघि नै प्रक्रिया अगाडि बढाइसकेको थियो ।

तर, भारतीय रक्षा विज्ञहरुले रुसको सुखोई–३५ को अगाडि मिग–२९ कमजोर भएको बताएका छन् । यद्पी सुखोईलाई टक्कर दिन सक्ने बताएको छ । भारत क्षमता पनि सुखोईको ८ हजार किलोग्राम र मिगले ४ हजार मात्रै बोक्न सक्छ । सुखोईले आकाशबाट आकाशमा, आकाशबाट मिलाइल हमला गर्न सक्छ, त्यस्तै, एन्टी शिप मिसाइल पनि हमला गर्न सक्छ तर मिगले यी दुबै गर्न सक्दैन ।

यसैबीच रुसले आफूसँग भएको सबैभन्दा बलियो बेलगोरोड एटमी सबमरिन समुन्द्रमा तैनाथ गरेको छ । यससँग लड्ने र प्रतिवाद गर्न नक्ने बताइएको छ । अमेरिकाले रुस, चीन र उत्तर कोरियाले निर्माण गरेका हाइपरसोनिक मिलाइललाई ट्रयाक गर्ने भन्दै अमेरिकाले अन्तरिक्षमा भूउपग्रह पठाएको थियो । बेलगोरोडले प्रहार गर्नेलाई ट्रयाक गर्न नसक्ने बताइएको छ ।

बेलगोरोडले एकै पटक ६ वटा एटमी ब म प्रहार गर्न सक्छ । भारतीय रक्षा विशेषज्ञ राजेन्द्र शुक्लाले यो सबमरिन विश्वकै घातक भएको बताए । उनले नेटो देशहरुले रुसलाई जिस्काइरहे भने बेलगोरोडलाई युद्धमैदानमा रुसले ल्याउन सक्ने बताए । उनले पुटिनलाइ जिस्काए नेटाे देशहरूले ठूलाे मूल्य चुकाउनु पर्ने समेत शुक्लाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal