आज :

सानेपामा भित्र काँग्रेस केन्द्रीय समिति बैठक बस्नै लाग्दा बाहिर तनाव, प्रहरी समेत परिचालन

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेता शेखर कोइराला पक्षका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने र सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

आज दिउँसो १ बजेका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पनि जाँदैछन्।

नेविसंघ र तरूण दलमा अध्यक्ष मात्रै तोकिएको छ। भ्रातृ संस्थामा अध्यक्ष तोक्दा सभापति देउवाले कोइराला पक्षसँग समन्वय नगरेको आरोप पनि छ।

कांग्रेस कार्यालय सानेपामा विद्यार्थीले प्रदर्शन गरेपछि सुरक्षा कडा बनाइएको छ। सुरक्षाकर्मी पनि बाक्लो संख्यामा परिचालन गरिएका छन्।

कांग्रेसले स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal