आज :

लिग टु क्रिकेट- नेपालले आज नामिबियासँग खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ ।

नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल-नामिबियाको खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal