आज :

युक्रेनलाई मिग–२९ लडाकु विमान दिने स्लोभाकियाको घोषणा, रुसको सुखोई-३५ लाई टक्कर दिने

  • अनलाइन डबली

काठमाडौँ । स्लोभाकियाले युक्रेनलाई घातक लडाकु जेट विमान मिग–२९ दिने घोषणा गरेको छ । अमेरिकासँग १२ लडाकु विमान खरिद गरेर युक्रेनलाई दिने स्लोभाकियाले जनाएको छ । तर, खरिद प्रक्रिया अगाडि बढेपनि उक्त विमान अमेरिकाले अहिलेसम्म पठाएको छैन ।
युक्रेन सैन्य कारवाहीमा रुसले प्रयोग गरेको सुखोई–३५ लडाकु जेट विमानसँग टक्कर दिन भन्दै नेटो सदस्य देश स्लोभाकियाले उक्त विमान दिन लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकासँग खरिद गरेर स्लोभाकियाले दिन लागेको लडाकु विमान रुसको सुखोईको भन्दा कम शक्तिशाही भएको बताइन्छ ।

रुसको सुखोईले ३ हजार ५ किलोमिटरसम्म मार गर्न सक्छ भने मिगले १ हजार ४३० किलोमिटरसम्म पार गर्छ । दुबै लडाकु विमानको गति भने समान छ, दुबै विमानले प्रतिघण्टा २ हजार ४४५ किलोमिटर उडन सक्छन् । तर, भार क्षमता भने निकै फरक छ । रुसी सुखोईले ८ हजार किलो हतियार बोक्न सक्छ भने मिगले ४ हजार मात्रै ।

त्यसैगरी दुबै जेट विमानले ५९ हजार फिट उचाईसम्मको उडान भर्न सक्छन् । उचाई जान सुखोई भन्दा मिग चाँडो पुग्ने बताइएको छ । सुखोईले प्रतिसेकेन्ड २८० मिटर उचाईमा जान सक्छ भने मिगले ३३० मिटर ।

त्यस्तै, सुखोईले आर—७७ आकाशबाट जमिनमा मार हान्ने मिसाइल बोक्छ भने मिगले आर– ७३ । सुखोईले आकाशबाट आकाशमा केएच–२९ मिसाइल प्रहार गर्न सक्छ भने मिगले सक्दैन । मिगले आकाशबाट जमिनमा मात्रै मिसाइल खसाउन सक्छ । सुखोईले एन्टी शिप मिसाइल पनि प्रहार गर्छ तर मिगमा त्यो सुविधा छैन । सुखोईमा रडार सिस्टम छ भने मिगमा छैन ।

भारतीय रक्षा विज्ञ ले. कर्नल जेएस सोठीले रुसको सुखोई–३५ को अगाडि भन्दा मिग–२९ कमजोर भएपनि टक्कटर दिन सक्ने बताउँछन् । उनले स्लोभाकियाको यो दकमले रुस झन आक्रामक हुने बताए । स्लोभाकियाले युक्रेनलाई जेट विमान दिने निर्णयले रुससँग दुश्मनी मात्रै बढाउने सेठी बताउँछन् ।

यसअघि पोल्यान्डले पनि मिग–२९ युक्रेनलाई दिने बताएको थियो । त्यसको बदलामा अमेरिकासँग पोल्यान्डले एफ–१६ विमान मागेको थियो । तर, अमेरिकाले यो सर्त अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal