
महेन्द्रनगर । मान्छेहरु सुत्नै लाग्दा नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ ।
बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।
उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।
भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो।
यसैबीच कालिकोटको खाडाचक्र नगरपालिका-१ स्थित मान्मामा पुरानो घर भत्किदा पाँज जना घइते भएका छन् । आइतबार साँझ ५ बजे पुरानो घर भत्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी सिद्धराज ।
डीएसपी न्यौपानेका अनुसार उक्त घर पुरानो रहेको दुई/तीन वर्षदेखि कोही पनि नबस्ने भएकाले मानवीय क्षति हुन पाएन । तर घर भत्किदा सडकमा रहेका पाँचजना भने घाइते भएको उनले बताएका छन् ।
डीएसपी न्यौपानेले भने, ‘घर पुरानो र मक्किएको थियो। दुई तीन वर्षदेखि कोही बस्दैन थिएँ । आज घर भत्किँदा सडमा रहेका पाँच सामान्य घाइते भएका छन् ।’
उनका अनुसार घाइतेमध्ये तीनजना सामान्य उपचारपश्चात घर फर्किएका छन् भने दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको न्यौपानेले बताएका हुन् । उता जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन्।
शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए।
उनकाअनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन्।
विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ।
बिरामीहरू सबैकोे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।