आज :

युक्रेनमा जे भइरहेको छ त्यो सानो टेलर मात्रै हो, युद्ध सुरु हुन बाँकी नै छः पुटिन

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै भउको बताएका छन् । उनले पश्चिमा देशहरुले राम्रोसँग बुझ्न चेतावनी समेत दिए । पुटिनले युक्रेनमा अझै युद्ध सुरु नभएको समेत दाबी गरे । सांसदहरुसँगको छलपलमा राष्ट्रपति पुटिनले भने, “युक्रेनमा जे भइरहेको छ त्यो सानो टेलर मात्रै हो । युद्ध हुन बाँकी न छ । यो सबलाई जानकारी हुन आवश्यक छ ।” उनले पश्चिमा देशहरुले युक्रेनलाईं उझै उकासिरहेको भन्दै त्यो राम्रो नहुने चेतावनी समेत दिए ।

पुटिनले छलफलको क्रममा रुसलाई हराउछ भनेको आफूले सुनेको र उनीहरुले कोसिस गरेको पनि देखेको बताए । “हामीले पनि सुनेका छौं कि रुसलाई मुद्ध मैदानमा हराउँछौं भनेको र उनीहरुले कोसिस पनि गरिरहेका छन् । कोसिस गर्न पाउँछन्, गर्न दिनुस्” पुटिनले सांसदहरुको जिज्ञासको जवाफ दिँदै भने ।

आफूहरु शान्ति वार्ताको लागि तयार भएपनि पश्चिमा देशहरुले त्यसलाई खारेज गरेको बताउँदै उनीहरु जति अघि बढ्छन् त्यति उनीहरुको लागि मुस्किल हुने बताए । “शान्ति वार्ता खारेज गरेका छन्, उनीहरुले यो पनि जानुन् उनीहरु जति अघि बढ्छन् त्यति मुस्किल हुनेछ” पुटिनले भने । पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको संकेत पनि गरेका छन् ।

तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्पूर्ण भूभागबाट रुस फिर्ता नभएसम्म वार्ता हुन नसक्ने बताउँदै आएका छन् । अश्चिमा देशहरुले जेलेन्स्कीलाई वार्ता नगर्न उचाली रहेका रुसको आरोप छ । सुरुमा दुई चरणका वार्ता पनि एउटा बेलारुसमा र अर्को स्तानबुलमा । दुबै वार्तामा विना निस्कर्ष टुंगिएको थिए ।

पुटिनको पछिल्लो भनाईले युक्रेनमा अझै समस्या बढ्ने संकेत गरेको छ । पश्चिमा देशहरुले पनि हतियारसहित सहयोग बढाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले आघतक मिसाइलसहितका सैन्य सहयोग सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् । उनले पछिल्लो पटक हस्ताक्षर गरेको सैन्य सहयोग चाँडै युक्रेन पुग्ने समेत बताएका छन् ।

त्यस्तै, अमेरिकाले प्राविधक नै पठाएर युक्रेनमा लामो दूरीका मिसाइल निर्माण भइरहेका छन् । युक्रेनमै बनेको एउटा मिसाइल युरु सैन्य क्षेत्रमा हमला समेत भएको छ । डोनबास र लुहान्स्कका रुसी नियन्त्रणमा रहेका क्षेत्रमा पनि पछिल्लो पटक युक्रेनले लामो दूरीका मिसाइल प्रहार गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसले पनि अहिलेसम्म सार्वजनिक नगरेको मिसाइल देखाएर आफू युक्रेनबाट पछि नहट्ने संकेत गरेको छ । अमेरिका समेत डराएर सैतान नाम दिएको उक्त मिसाइल साइबेरियाको जंगलमा प्रदर्शन गरिएको थियो । यसको मार क्षमता २५ हजार किलोमिटर रहेको छ । जसकी अमेरिका रुसबाट ७ हजार किलोमिटर मात्रै टाढा छ । त्यस्तै, अर्को १२ हजार किलोटिमर सम्म सटिक निसाना लगाउन सक्ने अर्को मिसाइल पनि रुसले पहिलो पटक प्रयोगमा ल्याउन सक्ने चेतावनी दिएको छ ।

रुसी रक्षा मन्त्रालयले यी मिसाइललाई ट्रयाक गर्ने कुनै पनि एयर डिफेन्स सिस्टम कसैसँग नभएको बताएको छ । त्यस्तै, रुसले एन्टी ड्रोन गन पहिलो पटक युक्रेनमा प्रयोग गरेको छ । अमेरिकासहित पश्चिमा देशहरुले मानवरहित ड्रोन रुसविरुद्ध पठाउन थालेपछि उसले त्यसलाई निष्क्रिय पार्ने एन्टी ड्रोन गन प्रयोगमा ल्याएको छ । यो गनले दुई किलोमिटरसम्म ड्रोनका सम्पूर्ण गतिविधिको संकेत गर्दछ ।

निसानामा राखेर ट्रिगर दवाएपछि यसमा प्रयोग गरिएको शक्तिशाली इलेक्ट्रोम्यान्ग्रेटिक पल्सले ड्रोनको प्रयोग गरिएको डिभाइस जाम गरिदिन्छ र जमिनमा खस्छ । अमेरिका र नेटोले युक्रेनमा हजारौंको संख्यामा ड्रोन पठाएपछि रुसले इन्टी ड्रोन गन प्रयोगमा ल्याएको हो । अमेरिकाले दिएका ड्रोनले विस्फोटक पदार्थ बोकेर रुसी सैन्य क्षेत्रमा बिस्फोट गराउने गरेका छन् । त्यस्तै, ड्रोनबाट रुसी सेनाका गतिविधि निगरानी गर्ने र त्यसैको आधारमा महला हुन थालेपछि स्तुपर प्रयोगमा ल्याएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal