आज :

भाषण गरिरहेका आबेलाई यसरी हानिएको थियो गोली, काे हुन् गाेली हान्ने व्यक्ति ?

  • अनलाइन डबली

काठमाडौँ । जापाना पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । एक सार्वजनिक कार्यक्रममा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार गरिएको थियो । जापानी संचारमाध्यमहरुका अनुसार गोली हान्ने ४१ बर्षीय पुरुषलाई प्रहरीले हिरासतमा लिएको छ । उनी पूर्व जलसैनिक भएको बताइएको छ ।

आबे नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको हो । आबेलाई दुई पटक गोली हानिएको र दोस्रो गोली गर्दनमा लागेर ढलेको भिडियोमा देखिन्छ ।

यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएको बीबीसीले जनाएका छ । जापानमा हाते बन्दुक प्रतिबन्धित छ । त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिएको थियो । आबेलाई अस्पताल लगिएको थियो । नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको थियो । अस्पतालले आबेलाई बचाउन रगत दिएको थियो तर बचाउन सकेन ।

कसरी भएको थियो गोली प्रहार ?: पूर्वप्रधानमन्त्री आबे आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका थिए । त्यही बेला आबेमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएको बीबीसीले जनाएको छ ।
पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन । तर दोस्रो गोली उनको गर्दनमा लाग्यो । पहिलो पटक गोली चल्दा पनि आबे भाषण गरिहरेका थिए । गोली लागेपछि उनको शरीरबाट रगत बग्न थालेको थियो र उनी भुइँमा ढलेका थिए । आक्रमणकारीले भाग्न प्रयास गरेनन् र सुरक्षाकर्मीले तत्काल समाते ।

स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ । शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन् । स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए । पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए । आबेले छोडेपछि योशिहिदे सुगा उनको उत्तराधिकारी बने । त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने ।

जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए । अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो । जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ । उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ । तर पनि कहिले कही यस्ता घटना हुने गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal