आज :

हार्दिक पाण्ड्याको अलराउन्ड प्रदर्शनमा इंग्ल्यान्डमाथि भारतको जित

  • अनलाइन डबली

काठमाडौँ । घरेलु टिम इंग्ल्यान्डविरूद्धको तीन खेलको टी-२० सिरिजमा भारतले विजयी सुरूवात गरेको छ।

बिहीबार साउथह्याम्टनमा भएको पहिलो टी-२० मा हार्दिक पाण्ड्याको अलराउन्ड प्रदर्शनमा भारतले इंग्ल्यान्डलाई ५० रनले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १९८ रन जोड्यो। भारतका लागि पाण्ड्याले ३३ बलमा ५१ रन जोडे। उनले ६ चौका र १ छक्का हिर्काए।

त्यसअघि दीपक हुडाले १७ बलमा ३३ रन र सूर्यकुमार यादवले १९ बलमा ३९ रन बटुले। ‌ओपनर तथा कप्तान रोहित शर्माले १४ बलमा २४ रन जोडे।

बलिङमा इंग्ल्यान्डका मोइन अली र क्रिस जोर्डनले २-२ विकेट लिए। १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३ बल खेल्न बाँकी छदा १४८ रनमै अलआउट भयो।

इंग्ल्यान्डका लागि मोइन अलीले सबैभन्दा बढी ३६ रन जोडे। डेभिड मलानले २१ रन, ह्यारी ब्रुकले २८ रन र क्रिस जोर्डनले नटआउट २६ रन जोड्दा अरू ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

ओपनरद्वय जास रोए ४ रन र जोस बटलर शून्यमा आउट भएपछि भारतले उत्कृष्ट सुरुवात गरेको थियो।

बलिङमा भारतका पाण्ड्याले ४ विकेट लिए। प्लेयर अफ दि म्याच पाण्ड्याले ४ ओभरमा ३३ रन खर्चिए। अर्शदीप सिंह र युजवेन्द्र चहलले २-२ विकेट लिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal