आज :

बुल्गेरियामा हमला गर्ने रुसको चेतावनी, दूतावास बन्द

  • अनलाइन डबली

काठमाडौँ । रुसले बुल्गेरियालाई नेटोको पिछलग्गु बनेर आफूविरुद्ध न लाग्न चेतावनी दिएको छ । युक्रेनमा सैन्य हमलालाई लिएर नाकाबन्दी गरेको बुल्गेरियाले पछिल्ला दिनमा खुला चुनौती दिन थालेपछि रुसले पनि जवाफ फर्काएको हो ।

रुसले नेटो बिस्तारको विरोध गर्दै आएको छ । स्वीडेन र फिनल्याण्डको विषयमा पनि बुल्गेरिया रुसविरुद्धमा उभिएको छ । बुल्गेरियाले राजधानी सोफियामा रहेको रुसी दूतावास बन्द गरेको छ । दूतावासमा कार्यरत ७० रुसी कुटनीतिज्ञ स्वदेश फिर्ता भएका छन् ।

बुल्गेरियाले आफ्नो देश छोड्न भनेपछि उनीहरु परिवारसहित मस्को लागेका थिए । जवाफमा रुसले पनि राजधानी मस्कोमा रहेको बुल्गेरियाका दूतावास बन्द गर्ने चेतावनी दिएको छ ।

रुसले आफूविरुद्ध नलाग्न समेत बुल्गेरियालाई भनेको छ । किभमा रहेका भारतीय पत्रकार राजेश पावरका अनुसार बुल्गेरियाले रुसमाथि नाकाबन्दी लगत्तै इन्धन र तेल ल्याउन रोकेको थियो ।

त्यसपछि बुल्गेरिया रुसविरुद्ध अभिव्यक्ति दिँदै आएको थियो । रुसले आफूविरुद्धको हर्कत जारी राखे हमला गर्ने चेतवानी दिएका छन् । बिस्तार नगर्ने सहमति विपरित सन् १९९९ मा बुल्गेरिया नेटोको सदस्य बनेको थियो । नेटोले बुल्गेरियालाई सदस्यता दिएपछि रुसविरुद्ध बोल्दै आएको थियो ।

नेटोले बुल्गेरियासँगै इस्टोनिया, लाटभिया, लिथुआनिया, रोमानिया, स्लोभाकिया र स्लोभेनियालाई पनि सदस्यता दिएको थियो । त्यसपछि रुसले नेटो विस्तार नगर्न र सम्झौता पालना गर्न भनेको थियो । तर, नेटोले त्यपछि फेरि २००४ मा अल्बानिया र क्रोएसिया, २००९ मा मोन्टेनेग्रो र २०१७ मा उत्तरी म्यासेडोनियालाई नाटोले सामेल गर्‍यो ।

२०२१ मा नाटोले बोस्निया, हर्जगोभिना, जर्जिया र युक्रेनलाई आफ्नो ‘इच्छुक सदस्य’ देशहरूको सूचीमा समावेश गरेको छ । अहिले फेरि फिनल्यान्ड र स्वीडेनलाई सदस्यता दिने प्रक्रिया सुरु गरेको छ ।

युक्रेनमा अहिले नेटो देशका सैनिक पनि गोप्य रुपमा रुसविरुद्ध लडिरहेका छन् । त्यो कुरा रुसी सेनाले बेलायती र अमेरिकी सैनिकलाई युद्धमैदानबाटै नियन्त्रणमा लिएपछि पुष्टि भइसकेको थियो ।

युक्रेन र रुसको बीचमा भएजस्तो देखिएपनि युद्ध नेटोको अस्त्रबाटै युक्रेनी फौज लडिरहेका छन् । हालै नेटोको सम्मेलनमा पनि कुनै पनि हालतमा रुसलाई युक्रेन जित्न नदिने निर्णय गरेको छ ।

त्यसपछि रुसले हमला झन भिषण बनाएको थियो । नेटोको निर्णयपछि पश्चिमा देशहरुले युक्रेनी पूर्वीमा भारी हतियार पठाएका थिए । तर, लुहान्स्क क्षेत्र रुसले कब्जा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal