आज :

लुहान्स्क कब्जापछि रुसी सेनाद्वारा युक्रेनको अर्को सहर स्लाेभियान्स्कमा अहिलेसम्मकै ठूलो हमला 

  • अनलाइन डबली

काठमाडौं । युक्रेनको रणनीतिक महत्वको क्षेत्र लुहान्स्कमाथि विजयी हासिल गरेको रुसी सेनाले भिषण हमला सुरु गरेको छ । युक्रेनी फौजको सानाे टुकुडीले लिसेचान्स्क सहरमा रुसविरुद्ध लडिरहेको थियो । रुसी सेनाले चारैतिरबाट घेराउ गर्दै गएपछि सो क्षेत्रमा खटिएका युक्रेनी फौजका दर्जनाैं सेनाले रुसी सेनासँग आत्मसमर्पण गरिसकेका थिए ।

लिसेचान्स्क सहरमा युक्रेनी फौज पराजय भएसँगै रुसले पूरै लुहान्स्क क्षेत्र कब्जा गरेको छ । यो क्षेत्रलाई रुसले अलत राज्यको मान्यता दिइसकेको छ । यहाँबाट युक्रेनी फौजलाई धपाउने रणनीति लिएको रुसले अन्ततः सफल भएको छ । यो क्षेत्र पूरै रुसको कब्जामा जानु युक्रेनले युद्ध हारिसकेको रुपमा लिन सकिने बताइएको छ ।

लुहान्स्क कब्जासँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आराम गर्दै अगाडि बढ्न आदेश दिएका थिए । पुटिनको आदेशले २४ घण्टा बित्न नपाउँदै रुसी सेनाले भिषण हमला सुरु गरेको हो । अन्तर्राष्ट्रिय संचारमाध्‍यमहरुका अनुसार रुसी सेनाले स्लोभियान्स्कमा रुसी भिषण हमला गरेको छ । क्षेप्यास्त्र हमलाबाट दुई जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

रुसी सेनाले स्लाेभियान्स्कमा भिषण हमला गरेको पुष्टी गर्दै डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले रुसी सेनाले शहरको बजारलाई निशाना बनाएको थियो। रुसी सेनाले छानिछानि हमला गरिरहेको बताए । लिसेचान्स्क कब्जामा लिएपछि लुहान्स्कजस्तै डोनेत्स्क पनि पूरै रुसको कब्जामा जाने निश्चित भएको समाचारमा ‍अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । यो सहरमा यो हमला अहिलेसम्मकै ठूलो भएको बताइएको छ ।

रुससँग लड्न भन्दै पश्चिमा देशहरु आफूसँग भएका साना ठूला हतियार युक्रेन पठाइरहेका छन् । तर रुसी सेनाले एकपछि अर्को सफलता पाउँदै गएको छ । डोनबास पछि स्लाेभियान्स्कमा जितेपछि पूरै लुहान्स्क रुसको कब्जामा गएको छ ।

अमेरिकासहित पश्चिमा देश र नेटोले दिएका अस्त्र युक्रेनमा प्रभावहिन भएका छन् । अमेरिकाले लामो र दूरीमा सटिक निसाना बनाउन सक्ने मिसाइल, एयर डिसेन्स सिस्टम, तोपलगायतका हतियार रुसको अगाडि नकाम भएको रक्षा विज्ञहरुले बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal