आज :

रुसलाई नाकाबन्दी लगाएपछि अमेरिकामा ४० वर्षयताकै महंगी उच्च, चीनसँग गुहार

  • अनलाइन डबली

काठमाडौं । अमेरिकामा ४० वर्ष यताकै महंगी उच्च बिन्दुमा पुगेको छ । रुसलाई नाकाबन्दी लगाएको अमेरिका अहिले आफै संकटमा पर्दै गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । महंगी बढ्दै गएपछि अमेरिकी सरकारविरुद्ध विरोधका स्वर उठ्न थालेका छन् । चीनबाट आयत बस्तुमा उच्च कर, रुसबाट आयत हुने इन्धनलगायतका उत्पादनमा नाकाबन्दीको असर अमेरिकामा पनि परेको हो ।

अमेरिकाले महंगीबाट बच्न चीनबाट आयत बस्तुमा कर घटाउनेबारे छलफल सुरु गरेको छ । आगामी चुनावमा असर पार्ने भएकोले डेमोक्रेटिक पार्टी महँगी घटाउने पक्षमा उभिएको छ । चिनियाँ सामानमाथि लगाइएको उच्च कर घटाउन राष्ट्रपति जो बाइडन सकारात्मक रहेपनि मन्त्रिपरिषदमा एकमत नभएको स्रोतलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच अमेरिकाको अर्थ मन्त्रीको जिम्मेवारी हेर्ने ट्रेजरी सेक्रेटरी जेनेट यलेन र चिनियाँ उप–प्रधानमन्त्री लिउ हेबीच आर्थिक मुद्दामा छलफल भएको छ । छलफल अन्तराष्ट्रिय व्यापार र आपुर्ति श्रृङ्खलाको विषयमा केन्द्रीत रहेको दुवै पक्षले बताएका छन् । यलेन चीनबाट आयत हुने बस्तुमाथिको कर घटनाउनु पर्ने पक्षमा उभिँदै आएकी छन् । उनले सामाजिक संजालमा समेत लेखेकी छन् ।

राष्ट्रपति जो बाइडेनको निर्देशनमा मंगलबार आफ्ना चिनियाँ उपप्रधानमन्त्रीसँगको यलेनले फोन वार्ता गरेको बताइएको छ । अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले वार्ता भएको विज्ञप्ति निकाले स्वीकार गरेको छ । विज्ञप्तिमा खुला मनका साथ चीनको असमान, बजारविरोधी आर्थिक नीति र युक्रेनविरुद्धको रुसी युद्धबारे कुरा गरेको उल्लेख छ ।

त्यसैगरी चीनको वाणिज्य मन्त्रालयले पनि सक्षम अर्थशास्त्रीय अवस्था र वैश्विक आपुर्ति चेनको स्थायित्वमाथि व्यवहारिक र खुला वार्ता भएको बताएको छ । चीनले वार्तामा आफ्ना सामानमाथिको अमेरिकी भन्सार र चिनियाँ कम्पनीहरुमाथिका प्रतिबन्धको विषय उठाएको वाणिज्य मन्त्रालयले बताएको छ ।

चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विश्व अर्थतन्त्रले कठिन चुनौती सामना गरिरहँदा चीन र अमेरिकाबीच वृहत्तर नीतिमा सञ्चार र समन्वय बलियो बनाउनुको ठूलो महत्व हुन्छ भनिएको छ । महंगी दिनदिनै बढिरहँदा बाध्य भएर चीनसँग वार्ता गर्न अमेरिका तयार भएको हो । यदि चीनले आफ्ना उत्पदान पठाउन तयार नभए अमेरिकामा महंगी आकाशिने र जनताहरु सरकारविरुद्ध सडकमा आउने अवस्था सिर्जना हुन सक्ने बताइएको छ ।

यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असमान चिनियाँ व्यापारिक अभ्यासलाई नियन्त्रण गर्न भन्दै अमेरिका आयात हुने चिनियाँ सामानमा भन्सार लगाएका थिए । यसले चीनलाई भन्दा अमेरिकालाई नै घाटा भएको छ । एसिया भ्रमणको क्रममा बाइडनले दिएको अभिव्यक्तिबाट चीन आक्रोसित भएको थियो । अब छिटै चिनयाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडनबीच वार्ताको तयारी पनि भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal