आज :

ओडेसामा रुसले फेरी गर्यो भिषण मिसाइल हमला, १८ जनाको मृत्यु, यस्तो छ क्षतिको थप विवरण

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा भिषण मिसाइल हमला गरेसँगै १८ जना मानिसको मृत्यु भएको छ ।

ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो ।

गाँउको रिक्रिएसन सेन्टरमा भएको अर्को मिसाइल आक्रमणका कारण २ जनाको मृत्यु भएको छ । विगत केही दिनमा रुसले यूक्रेनका सहरहरुमा दर्जनौँ मिसाइल प्रहार गरिसकेको छ ।

डीएसएनएसले सार्वजनिक गरेको भिडियो फुटेजमा क्षतिग्रस्त ९ तले भवनमा आगो नियन्त्रकहरू उद्धारमा खटिरहेको देखिन्छ । रुसी युद्धविमानबाट कृष्ण सागरमा मिसाइल प्रक्षेपण गरिएको ओडेसा क्षेत्रीय प्रशासन प्रवक्ता सेरी ब्राचुकले जानकारी गराए ।

राति गरिएको आक्रमणमा सोभियत–एरा एक्स–२२ प्रहार गरिएको प्रवक्ता ब्राचुकले आशंका गरेका छन् । मोस्कोले भने सो विषयमा कुनै टिप्पणी गरेको छैन ।

यसैबीच इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । सो घटनाबारे सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जानकारी गराएको हो ।

बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुई वटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुई जना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्।

घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् । यस्तै इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ ।

बहुमत सांसदहरू प्रधानमन्त्रीको विपक्षमा उभिएपछि उनीहरूले संसद् विघटन गर्ने प्रस्ताव पारित भएको हो । यससँगै संसद् पनि विघटन भएको छ ।

संसद विघटन भएसँगै इजरायलमा फेरि निर्वाचन गर्नुपर्ने भएको छ । पछिल्लो चार बर्षमा इजरालयमा पाँच पटक निर्वाचन हुन लागेको हो । निर्वाचन आगामी नोभेम्बर १ मा गर्ने पनि तय भएको छ ।

तर निर्वाचन हुनुअघि चुनावी सरकारको नेतृत्व भने वर्तमान विदेश मन्त्री येर लापिदले गर्ने अपेक्षा गरिएको छ । येश अतिद पार्टीका नेता लापिदलाई शक्ति बाँडफाँडको सहमति अनुसार बेनेटले नै जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन् ।

बेनेटले लापिदलाई प्रधानमन्त्री बनाउने भएपनि आगामी निर्वाचनमा भने सहभागिता जनाउने छैनन् । उनले आफ्नो पार्टीका कुनै पनि सदस्यले आगामी संसदीय निर्वाचनमा भाग नलिने स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal