आज :

ह्वाइट हाउस, बेलायत–फ्रान्सका राष्ट्रपति भवनसहित ७ स्थानमा एकैपटक हमला गर्ने रुसको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । पश्चिमा देशहरुले फिनल्यान्ड र स्वीडनलाई नेटोको सदस्य बनाएपछि रुस आक्रोसित भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटेनले समेत यी दुई देश पहिला आफ्नो लागि कुनै खतरा नभएको बताएका छन् । पुटिनले अब नेटो सैनिक आउने भएपछि खतरा बढ्ने बताए ।

फिनल्यान्ड र स्वीडनलाई नेटो सदस्य बनाएपछि रुसी संचारमाध्यमहरुले पश्चिमा देशप्रति आक्रामक रुपमा पेश हुन थालेका छन् । रुसी सरकारी संचारमध्यमहरुले अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस, रक्षा मुख्यालय पेन्टागन, बेलायती सरकारको मार्तोस, फ्रान्सको राष्ट्रपति निवास, ब्रसेल्समा रहेको नेटो मुख्यालयलगायत सात स्थानलाई निसाना बनाएको समाचारमा उल्लेख गरेको भारतीय भिटी च्यानल न्युज नेशनले समाचार सम्प्रेशण गरेको छ ।

रुसी संचारमाध्यमहरुले सरकारी अधिकारीलाई उदृत गर्दै समाचारमा रुससँग विश्वमा कसैसँग नभएको तीब्र गतिमा आणविक अस्त्र रहेका छन् । हावाको गतिभन्दा ९ गुण बढी गतिमा उड्न सक्ने मिसाइलले यी स्थानमा हमला हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसले अमेरिकासहित पश्चिमा देशहरुमा २५ मिनेटदेखि ३० घण्टामा हमला गर्न सक्ने बताइएको छ । आणविक अस्त्र बोक्न सक्ने यी मिसाइल रुसले अहिलेसम्म प्रयोगमा ल्याएको छैन । युक्रेनमा पहिलो लियरका अस्त्र प्रयोग गरेको र अहिले त्यसको नयाँ संस्करण प्रयोग भइरहेको छ भने अन्य दोस्रो र तेस्रो लियरका हतियार रुसले प्रयोग नगरेको बताइएको छ ।

पश्चिमा देशहरुले पहिले युक्रेनलाई अगाडि सारेर ध्वस्त बनाएको र फेरि फिनल्यान्ड र स्वीडनलाई नेटो सदस्य बनाएका छन् । यी देश पनि युक्रेनकै लाइनमा अगाडि सार्ने नेटोको योजना रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच रुसले स्नेक आईल्यान्डबाट हुने जलमार्ग खुला गरेको बताएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनमा उत्पादन भएर खेर जान लागेको कृषि उत्पादनलाई विश्वबजारमा लैजान उक्त जलमार्ग खुला गरेको बताएको छ ।

रुसले संयुक्त राष्ट्रसंघसहित धेरै देशहरुले युक्रेनमा खेर गइरहेको कृषि उत्पादन विश्व बजारमा ल्याउन दिन रुससँग आग्रह गर्दै आएका थिए । युक्रेनका अन्न सप्लाईलाई रुसले रोकेको भन्दै पश्चिमा देशहरुले विश्वमा खाद्य संकट हुने चेतावनी दिँदै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal