आज :

रुसका पूर्वराष्ट्रपति दिमित्रीले भने- नेटाेसंग तेस्रो विश्वयुद्ध लड्न हामी तयार छौं

  • अनुसा थापा

काठमाडौँ । रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले क्रिमिया आफ्नो देशको अंग भएको बताउँदै त्यसमा घुसपैठ गर्न खोज्ने ध्वस्त हुने चेतावनी दिएका छन् । नेटोको सहयोगमा युक्रेनले क्रिमियामा हमला गर्ने चर्चासँगै दिमित्रीले सो चेतावनी दिएका हुन् ।

“क्रिमिया रुसको एक हिस्सा हो । घुसपैठ गर्ने प्रयास गरे उनीहरु ध्वस्त हुनेछन् । यो रुसविरुद्ध युद्धको घोषणाको रुपमा लिनेछौं र त्यसपछि सिधा युद्ध नेटोसँग हुनेछ, त्यो तेस्रो विश्वयुद्ध हुनेछ । क्रिमियामा घुसपैठ गरिए हामी तेस्रो विश्वयुद्ध लड्न तयार छौं” दिमित्रीले भने । उनले क्रिमिया घुसे नेटो ध्वस्त हुने समेत दाबी गरे ।

रुसको सुरक्षा परिषदका उपाध्यक्ष समेत रहेका दिमित्रीले युक्रेनमा सैन्य कारवाही सुरु भएदेखि नै नेटो सदस्य देशहरुलाई चेतावनी दिँदै आएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दिमित्री राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वास पात्रमध्येका एक हुन् । उनको यो चेतावनीसँगै विश्वयमा नयाँ हलचल मच्चिएको छ । त्यस्तै, उनले युक्रेनले आत्मसमर्पण नगरेसम्म हमला जारी रहने समेत बताएका छन् ।

रुसको पूर्वी युक्रेनबाट अन्त मोड्न नेटोको सहयोगमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिमिया हमला गर्न लागेको बताइएको छ । उनले क्रिमियामा हमला गर्ने हो भने पश्चिमा देशहरुसँग लामो दूरीका क्षेप्यास्त्र आवश्यक भएको बताएका छन् ।

सन् २०१४ मा क्रिमियाको संसदमा भएको मतदानमा ९७ प्रतिशत सांसदहरुले रुससँग गाभिने पक्षमा मतदान गरेका थिए । त्यो सँगै सोभियतकालमा झैं क्रिमिया रुसकै अंग बन्न पुगेको थियो । पश्चिमा देशहरूले रूसले हस्तक्षेप गरेकाे भन्दै विराेध गर्दै आएका छन् ।

यसैबीच पश्चिमा देशहरुले क्रिमियामाथि हमलाको तयारी गरेको चर्चासँगै रुसले आरणविक हतियार तैनाथ गरेको बताइएको छ । क्रिमियामा हमला गरे नेटोसँग प्रत्यक्ष युद्ध लड्ने मनस्थितिमा पुगेको रुसले आरणविक ब’म, क्रिमियामा एयर डिफेन्स, क्षेप्यास्त्र समेत तैनाथ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले बताएका छन् ।

रूसले पछिल्ला दिनमा नयाँ संस्करणका हतियार प्रयाेगमा युक्रेनमाथि हमला गरिरहेकाे छ । रूसले लामाे तथा छाेटाे दूरीका नयाँ हतियार प्रयाेगमा ल्याएकाे छ । युक्रेनमा सैन्य कारवाही सुरूपछिका नयाँ अस्त्र तयार गरेकाे हाे । पछिल्ला अस्त्र पहिलेभन्दा निकै शक्तिशाली भएकाे बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal