आज :

रुसको निसानामा पोल्याण्ड- सयवटा न्यूक्लियर इस्कन्दर-एम मिसाइल तैनाथ, कुनैपनि बेला प्रहार हुनसक्ने

  • अनलाइन डबली

काठमाडौँ । पोल्याण्डले युक्रेनलाई हतियार पठाउन नरोकेपछि रुसको निसानामा परेको छ । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले सिधै युक्रेनलाई हतियार दिन सकेका छैनन् । ती देशहरुले पहिला पोल्याण्डलाई हतियार दिन्छन् । सोही हतियार पोल्याण्डले युक्रेन पठाउने गरेको बताइएको छ ।

रुसका सरकारी संचारमाध्यमहरुका अनुसार पोल्याण्ड पनि निसानामा परेको छ । पोल्याण्डभन्दा ८० किलोमिटर मात्रै टाढा रुसले न्यूक्लियर वारहेडसहितका इस्कन्दर एम मिसाइल तैनाथ गरेको छ । जुन मिसाइलले पोल्याण्डलाई ध्वस्त पार्न सक्छन् ।

यसको मार क्षमता ५ सय किलोमिटर रहेको छ भने ७०० किलो परमाणु वारहेड बोक्न सक्छ । यी मिसाइलहरु रुसले कलिननग्रदस्थित आफ्नो सैन्य बेसमा तयारी अवस्थामा राखिएको छ । यी मिसाइल इलेक्ट्रोमेग्नेटिक पल्स डिभाइसबाट लैस भएको बताइएको छ । बाल्टिकका देशहरुलाई अमेरिकाले उचालेपछि रुसले अन्तिम तयारी गरेको हो ।

रुसको यो मिसाइलले जर्जिया, सिरिया, नार्गोनो काराबाख युद्धमा प्रयोग भएको थियो । न्यूक्लियर अस्त्र बोकेर ५०० किलोमिटरभित्र निसाना बनाएको स्थानलाई ध्वस्त पार्न सक्षम रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । त्यस्तै रुसले नेटोबाट हुन सक्ने हमलालाई विफल तुल्याउन एयर डिफेन्स सिस्टम समेत तैनाथ गरेको छ ।

पोल्याण्डले युक्रेनलाई सहयोग गरेकै कारण युक्रेनमा युद्ध लम्बिएको छ । युक्रेन नेटो देश नभएपनि पोल्याण्डले आफ्नो भूमि प्रयोग गर्न दिएको छ । रुसले पटक पटक पोल्याण्डलाई त्यस्तो कार्य नगर्न चेतावनी दिँदै आएको छ । तर, अहिलेुसम्म पनि पोल्याण्डले पश्चिमा देशहरुले दिएका हतियार सप्लाई गर्दै आएको छ ।

उता रुसले न्यूक्लियर अस्त्र तैनाथ गरेपछि अमेरिकाले पोल्याण्डको सुरक्षा गर्ने बताएको छ । अमेरिकाले पोल्याण्डमा आणविक हतियार पठाउने बताएको छ । जी सेभेनको शिखर सम्मेलनमा पनि यो विषयमा कुरा उठेको बताइएको छ । अमेरिकामा पोल्याण्डमा नेटो सैनिक थप्ने आवश्वासन पनि दिएको छ । अमेरिकाले पोल्याण्डमा तीन लाख सैनिक पुर्याउने बताएको छ ।

अमेरिकाले पोल्याण्डलाई सैनिक पठाउने तयारी गरेसँगै रुसले बेलारुसमा आणविक क्षेप्यास्त्र पठाउने निर्णय गरेको छ । केही दिन पहिले रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासन्कोसँग भएको भेटमा चाँदै आणविक क्षेप्यास्त्र दिने घोषणा गरेका थिए ।

पोल्याण्डले रुस विरोधी गतिविधि नरोके तेस्रो विश्वयुद्धको एपिसेन्टर पोल्याण्ड हुने बताइएको छ । रुसका रक्षा परिषद्का उपाध्यक्षले आफूहरु आवश्यक परे नेटोसँग तेस्रो विश्वयुद्ध लड्न तयार रहेको बताइसकेका छन् । रुसले तैनाथ गरेका क्षेप्यास्त्र कुनै पनि बेला प्रहार हुन सक्ने बताइएको छ । यदि रुसले पोल्याण्डमा हमला गरेमा विश्वयुद्ध औपचारिक रुपमा सुरु हुनेछ र इपीसेन्टर पोल्याण्ड हुने रक्षा विज्ञहरुले बताएका छन् ।

रुस आफ्नो मिसन पूरा नगरी युक्रेनबाट पछि नहट्ने स्पष्टसँग बताइसकेको छ । जी सेभेलनको शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा हमला तेज बनाएको थियो । अहिलेसम्म यही स्तरबाट महला जारी छन् । रुसले डोनबास कब्जापछि ओडिसामा हमला बढाएको छ । त्यस्तै, नयाँ संस्करणका अस्त्रसहित रुसी सेना किभतिर पनि बढिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal