आज :

कसले लग्यो गायिका दिलमाया सुनारले फेसबुक चलाउने मोवाइल ? यसो भन्छ प्रहरी

  • अनलाइन डबली

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन ।

तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भयो । सोही दिन ११ बजेतिर कोठामा घोप्टो परिरहेको अवस्थामा उनको शव भेटियो । तर घरमा मोबाइल चाहिँ भेटिएन ।

प्रहरीले मंगलबार पनि घटनास्थलमा गएर फेरि खानतलासी लियो, यद्यपि मोबाइल भेटिएन । राति सँगै बसेका प्रेमी सूर्य श्रेष्ठले झुण्डिरहेको अवस्थामा देखेपछि सल निकालेर तल झारेको बताएका छन् ।

साथै, आत्तिएका कारण सल लिएर महाराजगञ्जको झाडीमा फ्याँकेको बयान दिएका छन् । सोही बयानको आधारमा सल पनि बरामद भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचले सुनारको मृत्यु ‘ह्याङ्गिङ’कै कारण भएको देखाएको छ । तर श्रेष्ठविरुद्ध चाहिँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद लिएको छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘परिवारले दिएको जाहेरी लिन्न भन्न मिल्दैन, अनुसन्धानबाट जे देखिन्छ, त्यही अनुसारको प्रतिवेदन लैजान्छौं ।’

मोबाइल नभेटिनुले घटनालाई रहस्यमय बनाएको छ नै, दिलमायाका प्रेमी श्रेष्ठ माथि शंका पनि बढाएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार श्रेष्ठले सुरुमा दिएको झुटो बयान र स्ट्याटस लेखेको भनिएको मोबाइल नभेटिनुले उनीमाथि शंका बढेको थियो ।

‘यदि उनले पहिल्यै झुठो बयान दिएका थिएनन् र मोबाइल पनि भेटिएको थिएन भने आत्महत्या दुरुत्साहनमा जाहेरी दिन प्रहरीले परिवारलाई कन्भिन्स गर्थ्यो,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

उनले राति १ः१० मा स्ट्याटस पोष्ट गर्दा मोबाइलको लोकेसन नेपालटार नै देखिएको छ । तर ओप्पो कम्पनीको उनको मोबाइल कोठामा बरामद भएन । प्रेमी श्रेष्ठ आफूले सल मात्रै बाहिर लगेको बताउँछन्, मोबाइलबारे खुलाएका छैनन् ।

मोबाइल भेटिएको भए फेसबुक, इमो, भाइबर, ह्वाट्सएप जस्ता एप्लिकेसनमार्फत भएका कुराकानी निकाल्न प्रहरीलाई सहज हुन्थ्यो । तर मोबाइल नभेटिनुले घटनालाई रहस्यमय बनाएको छ नै, श्रेष्ठ माथि शंका पनि बढाएको छ ।

स्रोतका अनुसार राति १२ः१० मा श्रेष्ठले औषधि किन्न बाहिर गएको बताएका छन् । त्यहीँबाट फर्किंदा उनले बाटोमा कतै मोबाइल फ्यालिन् कि भन्ने आशंका छ ।

घटना भएको कोठा सडकको छेउमा छ । त्यसैले स्ट्याटस लेखेर सुनारले नै मोबाइल झ्यालबाट फ्याँकिन् कि भन्ने आशंका पनि छ । यद्यपि, तल पनि प्रहरीले खोजी गरिसकेको छ । तल झरेको मोबाइल कसैले लग्यो कि भन्ने अनुमान पनि छ, तर हालसम्म फोन अफ छ ।

स्रोतका अनुसार शनिबार बिहान ५ः३७ बजे फोन बन्द भएको थियो । प्रेमी श्रेष्ठ ४ बजेतिर घटनास्थलबाट निस्किएका थिए । प्रहरीले उनीमाथि पनि आशंका गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal