आज :

एकाबिहानै काठमाडौंको बालुवाटारमा आगलागी, ५ वटा दमकल परिचालन

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले वटा दमकलको सहायताले आगो निभाउने काम जारी छ ।

आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन ।

त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ । आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।

यसैबीच पछिल्लो ३ घण्टा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा ठुलो वर्षा भइरहेको छ ।

यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

यता पछिल्लो ३ घण्टा कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ । कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ ।

कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएकाे छ । नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा विहान १० बजे सम्म विषेश सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेकाे छ ।

उता रौतहटको गौर र आसपासको क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal