आज :

मोदीका कटु आलोचक भारतका चर्चित पत्रकार जुबैर पक्राउ, के लेखेका थिए ट्विटरमा ?

  • अनलाइन डबली

काठमाडौँ । भारत सरकारले एक जना चर्चित पत्रकारलाई पक्राउ गरेको छ । उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक समेत रहेका मोहम्मद जुबैर अल्ट न्यूजका संस्थापक हुन् । सरकारको आलोचना गरेको भन्दै सरकारले पटक पटक जुबैरलाई टर्चर दिँदै आएको बताइएको छ । सरकारले जुबैरले सामाजिक सञ्जाल ट्विटरमार्फत् धार्मिक आस्थामाथि आघात पु¥याएको र घृणा फैलाएको आरोप लगाइएको छ ।

बीबीसीका अनुसार जुबैरले हालै भारतीय जनता पार्टीकी प्रवक्ताले एउटा टेलिभिजन बहसमा पैगम्बर मोहम्मदलाई अपमान गरेको भनिएको विषयलाई प्रमुखताका साथ उठाएका थिए । उनले गरेको ट्वीट व्यापक रूपमा शेअर गरिएको थियो र त्यसका कारण कैयौँ मुसलमान देशहरूले भारतविरुद्ध रोष प्रकट गरेका थिए । भाजपाका नेताहरुले जुबैरले विगतमा व्यक्त गरेका प्रतिक्रियाहरूप्रति आपत्ति जनाउँदै आएका थिए ।

को हुन् जुबैर ?: जुबैर भारतका एक स्थापित र चर्चित भारतीय पत्रकार हुन् । उनले पूर्वइन्जिनियर प्रतीक सिन्हासँग मिलेर सन् २०१७ मा अल्ट न्यूज नामक फ्याक्ट चेकिङ वेबसाइट सुरु गरेका थिए । भारतमा मिथ्या सूचना र समाचारलाई नियन्त्रण गर्न प्रभावशाली भूमिका खेल्दै छोटो समयमा नै उक्त वेबसाइटले ख्याति कमाएको छ । अल्ट न्यूजले गरेका तथ्यजाँचहरू जुबैरले आफ्नो ट्विटर खातामार्फत् शेअर गर्ने गरेका थिए । ट्विटरमा उनका पाँच लाखभन्दा बढी फलोअर छन् ।

गत साता एउटा इमेल पाएका थिए जसमा यति नरसिंहानन्द, महन्थ बजरङ्ग मुनि र आनन्द स्वरूपका घृणासँग सम्बन्धित अभिव्यक्तिबारे टिप्पणी गरेकोमा ट्विटरमाथि आक्रमण भइरहेको जनाइएको थियो ।

मुस्लिम समुदायविरुद्ध उत्तेजनात्मक र आपत्तिजनक प्रतिक्रिया दिने हिन्दू नेताहरूलाई जुबैरले घृणा फैलाउनेको सङ्ज्ञा दिने गरेका छन् । यति नरसिंहानन्दलाई त्यस्तो अभिव्यक्ति दिएकोमा थुनामा राखिएको थियो र पछि धरौटीमा छाडिएको थियो । सोमावार जुबैरलाई एउटा ट्विटर खातामार्फत् गरिएको उजुरीका आधारमा दिल्लीबाट गिरफ्तार गरिएको हो ।

त्यसमा उनले सन् २०१८ मा हनुमान्को नाममा एउटा होटलको पुनर्नामकरण गरिएको विषयमा जनाएको प्रतिक्रिया आपत्तिजनक रहेको उल्लेख गरिएको एएनआई समाचारसंस्थाले दिल्लीका वरिष्ठ प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । प्रहरीले पछि जारी गरेर उक्त ट्वीटलाई जुबैरका फलोअरले थप फैलाएको र त्यसले शृङ्खलाबद्ध बहस÷घृणा फैलाउने काम गरेको बताएको छ । प्रहरीले जुबैरको व्यवहार प्रश्न उठाउन मिल्ने रहेको भन्दै त्यसका लागि हिरासतमा राख्न दिइनुपर्ने दाबी गरेको छ ।

अल्ट न्यूजका सहसंस्थापक प्रतीक सिन्हा उनीसँगै प्रहरीसमक्ष गएका थिए । उनीहरूले घृणा फैलाउने अभिव्यक्तिको विपक्षमा उभिएकाहरूलाई दमन गर्ने भारतको हिन्दू राष्ट्रवादी सरकारको प्रयासका रूपमा पछिल्लो पक्राउका घटना घटाएको आरोप लगाएका छन् । उनले आफू र जुबैर दुवैलाई पक्राउ गर्न प्रयोग गरिएको भनिएको उजुरीको प्रतिलिपि नदिइएको बताए ।

जुबैरलाई सोमवार स्थानीय म्याजिस्ट्रेटसमक्ष प्रस्तुत गरिएको थियो । उनले जुबैरलाई एक दिन हिरासतमा राख्ने अनुमति दिएका थिए । त्यसपछि उनलाई आफ्ना वकिलसँग भेट्न दिइएको थियो ।

भारतका पत्रकारहरुले उनको तुरुन्तै रिहाइको माग गरिरहेका छन् । पत्रकार राना आयुबका अनुसार जुबैरले निरन्तर मिथ्या समाचार खारेज गर्ने र भारतमा घृणा फैलाउने संयन्त्रको पर्दाफास गरेका थिए । उनले भारतमा देखिएको विचलनबारे समाचार लेख्ने र त्यसको विवरण राख्नेहरूलाई दण्डित गरिएको पनि जनाएकी छन् । त्यसैगरी विपक्षी दल कङ्ग्रेसका नेता राहुल गान्धीले पनि उक्त जुबैर पक्राउको निन्दा गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal