आज :

रुसी सेनाका सयौं बख्तरबन्द गाडी, फाइटर विमान सिरिया पुगे, अमेरिका समर्थक लडाकुको भागाभाग

  • अनलाइन डबली

काठमाडौँ । रुसले सिरियामा सयौं बख्तरबन्द गाडीसहित नयाँ दस्ता पठाएको छ । युक्रेनमा सैन्य कारवाही जारी रहेकै बेला रुसले सिरियामा पनि सेना थप गरेको छ । युक्रेनमा पूरै तागत लगाएकोले सिरियामा उपस्थिति कमजोर बन्दै गएको चर्चासँग रुसले शक्ति थपेको हो । रुसको झण्डा फहराउँदै बख्तरबन्द गाडीहरु विभिन्न शहरमा गुडिरहेका छन् । त्यस्तै, रुसले लडाकु विमान र हेलिकोपटर पनि रुस पठाएको छ ।

सिरिया सरकार विरोधी लडाकाहरुले केही हप्तायाता आफ्नो गतिविधि बढाएको बताइएको थियो । अमेरिकाको सहयोग सरकार विरुद्ध लडाइँ लडिरहेका उनीहरुले पूर्व र पश्चिमा केही शहरमा गतिविधि बढाएका थिए ।

रुसले एक दर्जन शक्तिशाली के–५२ हेलिकोप्टर र दो सुखोई–३४ लडाकु विमान पनि सिरियामा तैनाथ गरेको छ । केही दिनमा रुसी सेनाले अप्रेशन थाल्नेछ ।

यसैबीच तुर्कीस्तानले रुसी सेना सिरिया बढाइएसँगै सैन्य अप्रेशन थाल्ने चेतावनी दिएको छ । तुर्कीले यस्तो धम्की पटक पटक दिने गरेको छ । तर, रुसको अगाडि उसका सबै सैन्य धम्की फेल हुँदै आएको बताइएको छ ।

रुसी सेना अस्त्रसहित शहर शहरमा पसेसँगै गतिविधि बढाएका सरकारी विरोधी लडाकुहरुको भागाभाग भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । लडाकुका गतिविधि बढेपछि रुसले यसअघि सिरियाको पूर्वी पश्चिमा पनि हवाई हमलाको चेतावनी दिएको थियो । यो चेतावनीसँगै यो क्षेत्रबाट अमेरिकी समर्थित लडाकुको भागाभाग भएको भिडियो अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सार्वजनिक गरेका थिए ।

तुर्कीको सहयोगमा लडाकुहरुले आफ्ना गतिविधि बढाएका थिए । अमेरिकाले रुसलाई युक्रेनमा कम हमला गर्न, सिरियाबाट पछि हट्न पछिल्ला दिनमा गतिविधि बढाउन लगाएको आरोप लागेको छ । तर, रुसले यसअघि नै आफू सिरियाबाट पछि नहट्ने बरु थप शक्ति पठाउने बताएको थियो ।

राष्ट्रिपति भ्लादिमिर पुटिनले उक्त कुरा बताएको केही घण्टामै सिरियाको पूर्व पश्चिममा रुसी सेनाले हवाई गस्ती बढाएको थियो । हवाई गस्ती बढाएपछि हमला हुन सक्ने भन्दै लडाकुहरु भागेर अर्को ठाउँ पुगेका थिए । उनीहरु विभिन्न सहरमा पसेको चर्चासँगै रुसले हालै विभिन्न सहरमा अस्त्र सहित सेना पठाएको छ । अबको केही दिनमै अप्रेशन चलाउने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal