आज :

अमेरिकाले तालिवानीसँग आत्मसमर्पण गरेर अफगानिस्तानबाट फिर्ता भएको खुलासा भएपछि …

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी सेनाले अफागानिस्तानमा तालिवानीहरुसँग आत्मसमर्पण गरेको खुलासा भएको छ । दश वर्षसम्म पनि तालिवानीसँग जित्न नसकेपछि अमेरिकाले आत्मसमर्पण गर्दै फिर्ता भएको खुलासा भएको हो । भारतीय इतिहासकार प्रा. कपिल कुमारले अमेरिकाले सो खुलासा गर्दै अमेरिकाले हतियारको धम्की दिँदै अरुलाई त्रसाउने काम गरिरहेको बताए । उनले अमेरिका रुस र चीनसँग सिधा युद्ध लड्न नसक्ने दाबी समेत गरे ।

भारतीय एक टिभीमा गरिएको एक छलफल कार्यक्रममा कपिल कुमार भने, अमेरिकाले अफागानिस्तानमा तालिवानीसँग आत्मसमर्पण गरेर फिर्ता भएको हो । अब उससँग चीन र रुससँग युद्ध लड्ने हिम्मत छैन । यदि यस्तो हिम्मत भएको भए त अफगानिस्तानबाट तालिवानीसँग आत्मसमर्पण गरेर फिर्ता हुने थिएन । आजको अमेरिका निकै कमजोर छ ।” उनले रुससँग लड्ने सार्मथ्य भएको युक्रेनमा प्रत्यक्ष रुपमा आइसक्ने समेत बताए ।

पत्रकारको प्रश्नको जवाफमा कपिल कुमारले अमेरिकाले युक्रेन वा अन्य कुनैपनि ठूलो देशका युद्ध रोक्न पनि नसक्ने दाबी गरे । उनले भने, “अमेरिका न युद्ध गर्न सक्छ न रोक्न नै । । उसले यो मिसाइल, त्यो ड्रोन, रकेट हमला गर्छु भनेर त्रसाउने मात्रै गरिरहेको छ ।” उनले

अफगानमा जुन उद्देश्य लिएर गएको थियो, त्यो पूरा नगरी फर्केको बताउँदै तालिवानीसँग हारेको अमेरिकाले आजका चीन र रुससँग टिक्न पनि नसक्ने दाबी समेत गरे ।

यसैबीच अमेरिकासहित ठूला भनिएका देशहरुको जी सेभन शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमाथि थप हमला गरेको छ । उक्त सम्मेलनबाट रुसविरुद्ध थप कदम चाल्ने चर्चासँगै रुसले हमला तेज बनाएको छ । उसले आफू विरुद्ध जस्तोसुकै निर्णय गरेपनि पछि नहट्ने सन्देश दिएको रक्षा विज्ञहरुको भनाई छ ।

रुसले डोनबास क्षेत्र पूरै नियन्त्रणमा लिइसकेपछि अबको मोर्चाबन्दी राजधानी किभतिर केन्द्रीत गरेको छ । किभ आसपासको शहरमा हमला गरिरहेको छ । रुसले अहिले युक्रेनमा नयाँ संस्करणका अस्त्र प्रयोग गरिरहेको छ । क्षेप्यास्त्र, फाइटर विमान र हेलिकोप्टर, एयर डिफेन्स सिस्टम पूरै नयाँ भएका बताइएको छ ।

यसअघि रुसमा प्रयोग गरिएका अस्त्रको प्रभावकारिताबारे विश्लेषण र नयाँ आवश्यकताका आधारमा अस्त्रलाई अपग्रेड गरेको रुसी अधिकारीहरुले बताएका छन् ।

यसैबीच इरानले पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ । राजधानी तेराहनमा मिसाइल, अमेरिकासम्म मार हान्न सक्ने ब्ल्यास्टिक क्षेप्यास्त्र, अत्याधुनिक ड्रोन, एयर डिफेन्स सिस्ट, आरणविक रक्षा प्रणालीलगायतका अस्त्र प्रदर्शन गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal