आज :

नेटोेले गतिविधि बढाएपछि बेलारुसलाई तत्काल पारमाणविक अस्त्र प्रणाली दिने पुटिनको घोषणा

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र प्रणाली प्रदान गर्ने घोषणा गरेका छन् । उनले केही दिनमै इस्कान्डर–एम नामक उक्त प्रणाली दिने बताएका हुन् । यो प्रणालीले परम्परागत र पारमाणविक दुवै प्रकारका बलिस्टिक र क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्न सक्छ ।

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्को सँगको बैठकमा पुटिनले सो घोषणा गरको हुन् । “हामीले निर्णय गरेका छौं, अबको केही दिनमै हामी बेलारुसलाई इस्कान्डर–एम नामक रणनीतिक क्षेप्यास्त्र प्रणाली हस्तान्तरण गर्छौँ” भेटमा पुटिनले भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यो प्रणाली निकै प्रभावकारी रहेको बताइएको छ । रुस र बेलारुसका रक्षा मन्त्रालयले आवशय प्रक्रिया पूरा गर्ने बताइएको छ । यो प्रणालीले निसाना बनाइएको ५ सय किलोमिटरसम्म मार गर्न सक्ने बताइएको छ । यसअघि नेटो सदस्य लिथुानिया र पोल्यान्ड बीचको सानो रुसी क्षेत्र कलिनिन्ग्रादमा इस्कान्डर क्षेप्यास्त्र तैनाथ गरिएको छ ।

भेटमा दुई राष्ट्रपतिहरूले कलिनिन्ग्रादमार्फत आयातनिर्यात रोक्ने लिथुनियाको निर्णयको बारेमा पनि छलफल भएको बताइएको छ । पुटिन र लुकाशेन्कोले लिथुनियाको निर्णय एक किसिमको युद्धको घोषणा भएको र त्यो अस्वीकार्य गर्ने सहमत भएका छन् । पुटिनले सेन्ट पिटर्सबर्गमा रुसले बेलारुसी लडाकु विमानहरूलाई पारमाणविक अस्त्र बोक्न सक्ने गरी परिमार्जन गर्न मद्दत गर्ने पनि बताए ।

नेटोले बेलारुसको सीमा नजिकै सैन्य गतिविधि बढाएपछि रणनीतिक क्षेप्यास्त्र प्रणाली नैताथ गर्न लागिएको बताइएको छ । बेलारुसले नेटोको गतिविधि बढेसँगै सो प्रणाली आफ्नो देशका लागि आवश्यक भएको बताउँदै आएको थियो ।

लिथुनियाले रुसमाथि नाकाबन्दी र स्नेक आइल्याण्डा अमेरिकाले ड्रोनलगायतका अस्त्र पठाएसँगै युक्रेन विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।
युक्रेनले सेभेरोडोनेट्स्कलाई रुसले पूर्ण रूपमा कब्जा गरेको स्वीकार गरेको छ । यो सँगै लुहान्स्क र डोनेट्स्कसहितका डोनबास रुसको नियन्त्रणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले डोनबास कब्जामा लिएको कुरा औपचारिक रुपमै स्वीकार गरेका छन् । भिडियो सन्देशमा आफ्ना सबै सहरहरू फिर्ता लिने दाबी पनि गरे । तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए ।

डोनबास कब्जामा लिएपछि रुसी सेना राजधानी किभतिर अघि बढेको छ । किभबाट उत्तर पश्चिम क्षेत्रमा रातभर क्षेप्यास्त्र प्रहार भएको युक्रेनी संचारमाध्यमहरुले बताएका छन् । सो क्रममा पश्चिममा रहेका सर्नी सहरमा कम्तीमा तीन जनाको ज्यान गउको थप मानिस भग्नावशेषमा पुरिएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

जी–७ को शिखर सम्मेलन हुनुअघि रुसले डोनबास क्षेत्र कब्जा गरेर राजधानी किभतिर अघि बढेर पछि नहट्ने सन्देश दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडन नेटो वार्तापछि जी सेभेन शिखर सम्मेलनको लागि जर्मनी जाँदै छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal