आज :

युक्रेनलाई अहिलेसम्मकै ठूलो धक्का- सेभेरोदोेनेत्स्क सहर पूर्णरुपमा रुसी सेनाको कब्जामा

  • अनलाइन डबली

काठमाडौँ । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।

‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ ।

‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ ’, उनले भने ।

रुसी र रुस समर्थक सैनिकहरूले एजोट प्लान्ट कब्जा गरेर त्यहाँ शरण लिइरहेका ८ सय सर्वसाधारणलाई खाली गरेका मस्कोलाई समर्थन गर्ने पृथकतावादीहरूले दावी गरेका छन् ।

एक टेलिग्राम सन्देशमा पृथकतावादी अधिकारी आन्द्रेई मारोच्कोले रुसी सेनाले अजोट प्लान्टलाई पूर्ण नियन्त्रण लिएको दाबी गरेका छन् । युक्रेनले अब छिमेकी सहर लिसिचान्स्कलाई राम्रोसँग रक्षा गर्ने जनाएको छ ।

यस्तै भारतीय इतिहासकार प्रा. कपिल कुमारले अमेरिकाले रुस र चीनसँग सिधा युद्ध लड्न नसक्ने भएका छन् । उनले भारतीय एक टिभीमा जी–७ को बैठकबारे गरिएको बहसमा बोल्दै अमेरिकाले युद्ध गर्न सक्ने भए अफनागानिस्तानमा तालिवानीसँग आत्मसमर्पण गरेर फिर्ता भएको समेत दाबी गरे ।

“आज अमेरिकासँग न चीनसँग न रुससँग युद्ध लड्ने हिम्मत छैन । यदि यस्तो हिम्मत भएको भए त अफगानिस्तानबाट तालिवानीसँग आत्मसमर्पण गरेर फिर्ता हुने थिएन । आजको अमेरिका आफ्ना नागरिकको कफिन फिर्ता गर्न सक्ने अवस्थामा छैन” कपिलले भने । उनले अमेरिकाले सक्ने भए आजसम्म युक्रेनमा आइसक्ने उनको दाबी छ ।

त्यसैगरी अमेरिकाले आफुसँग ठूलो हतियार भएको भन्दै विश्वलाई डर मात्रै देखाइरहेको बताउँदै उनी भन्छन् “अमेरिकाले यो मिसाइल, त्यो रकेटबाट हमला गर्छु भनेर डर मात्रै देखाइरहेको छ । बास्तवमा अमेरिका रुस र चीनसँग लड्न सक्ने अवस्थामा छैन ।” यदि ठूलो देशहरुबीच लडाइँ अमेरिकाले रोक्न पनि नसक्ने कपिलले दाबी गरे ।

सोही कार्यक्रममा भारतीय रक्षा विज्ञ मेजर जनरल अश्विनी सिवाचले पनि अमेरिकाले चीनलाई घेर्न इन्डो प्यासिफिक रणनीति बनाएको बताए । चीनलार्य घेर्नलाई फ्रान्स र बेलायतको पनि साथ चाहिएकोले अमेरिकाले उनीहरुलाई उक्त रणनीतिमा ल्याएको बताए । उनले रुस र चीनबीचको गठबन्धनलाई सामान्य रुपमा आकलन गर्न नहुने बताए । रुस र चीनको गठबन्धनसँग कसैले पनि लडेर नजित्ने उनको दाबी छ ।

यसैबीच अमेरिकाले युक्रेन पठाएको ग्लोबल हक यूएभी ड्रोनले अपेक्षाकृत काम गर्न सकेको छैन । स्नेक आइल्याण्डबाट रुसलाई फिर्ता पठाउने भन्दै युक्रेन पठाएको यूएभीलाई युक्रेन पठाइएको थियो । तर रुसी रडार सिस्टमले डिटेक्ट गरेका कारण उसको अप्रेशन असफल भएको हो । स्नेक आइल्याण्डमा रुसको तैनाथी कायमै छ ।

यसैबीच सेभेरोडोनेस्कबाट युक्रेनी सेना पछि हटेसँगै डोनबास क्षेत्र पूरै रुसको नियन्त्रणमा गएको छ । अब मारियोपोलदेखि पूर्वी युक्रेन र स्नेक आइल्याण्डदेखि ब्ल्याक सीसम्मको जलमार्ग पनि रुसकै कब्जामा पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal