काठमाडौँ । भारतीय इतिहासकार प्रा. कपिल कुमारले अमेरिकाले रुस र चीनसँग सिधा युद्ध लड्न नसक्ने भएका छन् । उनले भारतीय एक टिभीमा जी–७ को बैठकबारे गरिएको बहसमा बोल्दै अमेरिकाले युद्ध गर्न सक्ने भए अफनागानिस्तानमा तालिवानीसँग आत्मसमर्पण गरेर फिर्ता भएको समेत दाबी गरे ।
“आज अमेरिकासँग न चीनसँग न रुससँग युद्ध लड्ने हिम्मत छैन । यदि यस्तो हिम्मत भएको भए त अफगानिस्तानबाट तालिवानीसँग आत्मसमर्पण गरेर फिर्ता हुने थिएन । आजको अमेरिका आफ्ना नागरिकको कफिन फिर्ता गर्न सक्ने अवस्थामा छैन” कपिलले भने । उनले अमेरिकाले सक्ने भए आजसम्म युक्रेनमा आइसक्ने उनको दाबी छ ।
त्यसैगरी अमेरिकाले आफुसँग ठूलो हतियार भएको भन्दै विश्वलाई डर मात्रै देखाइरहेको बताउँदै उनी भन्छन् “अमेरिकाले यो मिसाइल, त्यो रकेटबाट हमला गर्छु भनेर डर मात्रै देखाइरहेको छ । बास्तवमा अमेरिका रुस र चीनसँग लड्न सक्ने अवस्थामा छैन ।” यदि ठूलो देशहरुबीच लडाइँ अमेरिकाले रोक्न पनि नसक्ने कपिलले दाबी गरे ।
सोही कार्यक्रममा भारतीय रक्षा विज्ञ मेजर जनरल अश्विनी सिवाचले पनि अमेरिकाले चीनलाई घेर्न इन्डो प्यासिफिक रणनीति बनाएको बताए । चीनलार्य घेर्नलाई फ्रान्स र बेलायतको पनि साथ चाहिएकोले अमेरिकाले उनीहरुलाई उक्त रणनीतिमा ल्याएको बताए । उनले रुस र चीनबीचको गठबन्धनलाई सामान्य रुपमा आकलन गर्न नहुने बताए । रुस र चीनको गठबन्धनसँग कसैले पनि लडेर नजित्ने उनको दाबी छ ।
यसैबीच अमेरिकाले युक्रेन पठाएको ग्लोबल हक यूएभी ड्रोनले अपेक्षाकृत काम गर्न सकेको छैन । स्नेक आइल्याण्डबाट रुसलाई फिर्ता पठाउने भन्दै युक्रेन पठाएको यूएभीलाई युक्रेन पठाइएको थियो । तर रुसी रडार सिस्टमले डिटेक्ट गरेका कारण उसको अप्रेशन असफल भएको हो । स्नेक आइल्याण्डमा रुसको तैनाथी कायमै छ ।
यसैबीच सेभेरोडोनेस्कबाट युक्रेनी सेना पछि हटेसँगै डोनबास क्षेत्र पूरै रुसको नियन्त्रणमा गएको छ । अब मारियोपोलदेखि पूर्वी युक्रेन र स्नेक आइल्याण्डदेखि ब्ल्याक सीसम्मको जलमार्ग पनि रुसकै कब्जामा पुगेको छ ।