आज :

रुसले भन्यो – तेस्रो विश्वयुद्ध भए पहिलो हमला गरेर लण्डन ध्वस्त पारिदिन्छाैं (भिडियाेसहित)

  • अनलाइन डबली

काठमाडौँ । रुसी एक उच्च अधिकारीले तेस्रो विश्वयुद्ध आफूहरुले पहिलो हमला बेलायतमा गर्ने बताएका छन् । रुसी सेनाका पूर्व कमाण्डर एन्ड्री गुरुल्योवले रुसको पहिला हमला पेरिस वा बर्लिन नभएर लण्डन हुने चेतावनी दिएका छन् ।

रुसको संसदका सुरक्षा समितिका सदस्य समेत रहेका गुरुल्योवले आफूहरुले आफू विरुद्ध आउने देशका सेटलाईट र विजुली काटिदिने चेतावनी समेत दिए । आफूहरु अमेरिका र बेलायत वा नेटोले आफ्नो मिशनलाई रोक्न नसक्ने बताए ।

रुसको सरकारी टेभीको कार्यक्रममा बोल्दै गुरुल्योवले आफ्ना सबै ठाउँमा एयर डिफेन्स सिस्टम तैनाथ गरेर दुश्मनका हमलालाई निष्प्रभावी बनाउने बताए । पश्चिम यूरोप र अमेरिकालाई विजुली सप्लाई काटेर अन्धकार बनाएर ठप्प पार्ने चेतावनी समेत दिए ।

बेलायतले नै लिथुएनियालाई उचालेर आफ्नो मार्ग रोक्न लगाएको रुसको आरोप छ । लिथुएनियको विषयमा बोल्दै गुरुल्योवले सो चेतावनी दिएका हुन् । उनकाे याे भनाइ व्यक्ति नभएर रूसकै भएकाे बताइएकाे छ ।

यसैबीच रुसले पूर्वी डोनबासको क्षेत्र पूर्णरुपमा नियन्त्रणमा लिएको छ । युक्रेनले पूर्वी सेभेरोडोनेस्कबाट अन्तिम फौजलाई फिर्ता बोलाएसँगै सो क्षेत्र रुसको कब्जामा गएको हो ।

सेभेरोडोनेस्क सामरिक महत्वको शहर भएकाले अन्तिमसम्म पनि युक्रेनी फौजले प्रतिरोध गरेका थिए । तर, रुसी सेनाले चारैतिरबाट घेराबन्दी गरेर हमला सुरु गरेपछि मुख्य शहरबाट युक्रेनी फौज छेउछाउति धकेलिएको थियो ।

यो क्षेत्रबाट धेरै युक्रेनी सेनाले आत्मसमर्पण गरिसकेका छन् । रुसी सेनाले अन्तिम डफ्फालाई पनि आत्मसमर्पण गरेर ज्यान जोगाउन भनेको थियो ।

रासायनियक भट्टीसहित यो क्षेत्र युक्रेनको औद्योगिक शहर पनि हो । यो क्षेत्र गुमाएपछि युक्रेनलाई ठूलो धक्का लागेको छ । समुद्र जलमार्गसँग जोडिएको मारियोपोल भन्दा पूर्वी क्षेत्र रुसका नियन्त्रणमा आएको बताइएको छ ।

अहिले लडाइँको केन्द्र स्नेक आइल्याण्ड बन्ने भनिएपनि युक्रेनले गरेका हमलालाई रुसले असफल बनाएको दाबी गरेको छ । ब्ल्याक सीको महत्वपूर्ण क्षेत्र स्नेक आइल्याण्ड रुसले हमला गरेका केही दिनमै कब्जामा लिएको थियो ।

अमेरिकाले सबैभन्दा शक्तिशाली ड्रोन ग्लोबल हक यूएभी पठाएपछि युक्रेनी सेनाले पुनः स्नेक आइल्याण्डमा हमला गरेको थियो । युक्रेनले रुसको ठूलो क्षति भएको दाबी गरेको छ । तर, रुसी सेना स्नेक आइल्याण्ड टापुमै रहेको छ ।

भारतीय टिभी न्युज नेशनकाे भिडियाे रिपाेर्ट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal