आज :

कोरोना सङ्क्रमण दर ह्वात्तै बढ्यो, चौथो लहरको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो ।

शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ । देशमा कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ ।

यसअघि बिहीबार १७ हजार ३३६ नयाँ सङ्क्रमित भेटिएका थिए भने १३ जनाको मृत्यु भएको थियो । देशमा उपचार गराइरहेका सक्रिय बिरामीको सङ्ख्या पनि बढेर ९० हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३५७ बिरामी निको भएका छन् ।

देशमा केसहरू बढ्दै गएपछि विज्ञहरूले फेरि चौथो लहरको चेतावनी दिइरहेका छन्। विज्ञहरूका अनुसार कोरोनाको चौथो लहर जुलाईमा आउने सम्भावना छ, जुन अक्टोबरसम्म रहन सक्छ । यसको शिखर अगस्तको वरिपरि हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal