आज :

रुसले नयाँ संस्करणका मिसाइल र एयर डिफेन्स सिस्टम युक्रेन पठायो, अब पूर्णस्तरको युद्ध

  • अनलाइन डबली

काठमाडौँ । रुसले नयाँ संस्करणका मिसाइल र एयर डिफेन्स सिस्टम युक्रेन पठाएको छ । रुसी सरकारी टेलिभिजनका अनुसार रुसले अहिलेसम्म युक्रेनमा प्रयोग भएका मिसाइलको नयाँ संस्करण ओनिक्स मिसाइल युक्रेन पठाएको छ । यो मिसाइल एक सेकेण्डमा ७५० मिटर उड्ने भएकोले रडारको पहुँचमा आउँदैन । तीब्र गति भएकोले आँखाले के गएको भन्ने अनुमान लगाउन नसक्ने दाबी गरिएको छ ।

यो मिसाइलले ६ सय किलोमिटरसम्म मार हान्न सक्छ । यसले ३ सय किलो एकसाप्लेसिव विस्फोटक पदार्थ बोकेर उड्छ र निसानामा खस्छ । यसले हावामै दिशा परिवर्तन समेत गर्छ । सुरुमा तय गरिएको निसाना परिवर्तन गर्नुपर्ने कन्ट्रोल रुमको निर्देशनअनुसार दिशा परिवर्तन गर्नुको साथै नयाँ निसाना तय गर्न सकछ ।

त्यसैगरी छोटो दुरीको टोर एम–२ पनि रुसले युक्रेन पठाएको छ । यो मिसाइल एकै पटक १६ वटा प्रहार गर्न सकिन्छ । पहिलो प्रहार गरेको दुई सेकेन्डमै दोस्रो प्रहारको लागि तयार भइसकेको हुन्छ । यसलाई बोकेर हिड्ने गुड्ने गाडी पनि पहिलेभन्दा यो वजन कम छ । यसको पहिले भन्दा दोब्बर गति छ । प्रतिघण्टा ९० किलोमिटर गुड्छ । पहिलेको ६५ किलोमिटर ।

त्यस्तै,यसको मार हान्ने दुरी पनि बढाइएको छ । पहिलो २५ किलोमिटरसम्म मार हान्थ्यो भने अहिलेको ५० किलोमिटरसम्म मार हन्छ । रुसले युक्रेनमा प्रयोग भएको सबै अस्त्रको नयाँ संस्करण प्रयोगमा ल्याइएको छ ।

त्यस्तै, रुसले युक्रेनमा नयाँ एयर डिफेन्स सिस्टम पनि पठाएको छ । अमेरिकी ड्रोनबाट हुन सक्ने हमलालाई रोक्न नयाँ सिस्टम पठाएको बताइएको छ । अमेरिकी ड्रोन यूएभी रडारको पहुँचमा आउन नसक्नेृ दाबी गरिएको थियो । तर, स्नेक आइल्याण्डमा तैनाथ गरिएको रुस रडार सिस्टमले भने उसलाई डिटेक्ट गरेको छ ।

रुसको नियन्त्रणमा पुगेको स्नेक आइल्याण्डमा अमेरिकी सहयोगमा युक्रेनले पुनः हमला गरेको छ । अमेरिकाले पहिलो पटक आफ्नो सबैभन्दा शक्तिशाली मानिएको ग्लोबल हक यूएभी ड्रोन युक्रेन पठाएपछि रुसले पनि नयाँ संस्करणका अस्त्र प्रयोगमा ल्याएको छ । पूर्वी क्षेत्रमा सबै नयाँ संस्करणका अस्त्र प्रयोगमा आइसकेका छन् भने राजधानी किभतर्फ पनि नयाँ अस्त्र बोकेका गाडीहरुको लाइन अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

रुसले नयाँ संस्करणका अस्त्र युक्रेन पठाएसँगै अब वारपारको लडाइँ हुन सक्ने रक्षा विज्ञहरुले बताएका छन् । त्यसको लागि रुसले पूर्ण स्तरको युद्ध छेड्न सक्ने बताइएको छ । रुसले अहिलेसम्म युक्रेनमा युद्ध नभएर सैन्य कारवाही मात्रै गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal