Skip
आज :

रुसी सेनाद्वारा युक्रेनमा फेरि इस्कन्दर मिसाइल प्रहार, अमेरिकाले दिएका हतियार गोदाम ध्वस्त

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले युक्रेनमा इस्कन्धर मिसाइल प्रहार गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले केही हप्तापछि मात्रै पुनः शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको हो । आणविक हतियार बोक्न सक्ने उक्त मिसायल महलाबाट युक्रेनको ठूलो क्षति पुगेको छ ।

अमेरिकासहित पश्चिमा देशहरुले दिएको हतियार गोदामलाई निसाना बनाएर रुसी सेनाले मिसाइल प्रहार गरेको थियो । पश्चिमा देशहरुले दिएको हतियार गोदम गरि राखेकै ठाउँमा रुसी मिसाइल खसेर ध्वस्त भएको छ । त्यस्तै युद्धक्षेत्रको लािग महत्पूर्ण हतियार संचार सिस्टम पनि ध्वस्त भएको बताइएको छ ।

अमेरिका, बेलायत, फ्रान्सले दिएको पछिल्लो खेप हतियार युक्रेनको पुगेको केही घण्टामै रुसले मिसाइल हमला गरेको बताइएको छ । पश्चिमा देशहरुले दिएका नयाँ हतियार चलाउन नसकेर युक्रेनी फौजहरुले गोदामामा राखेका थिए । यो हमलाबाट सबै ध्वस्त भएका छन् । अनय क्षेत्रमा पनि हतियार गोदम बनाएको भन्दै रुसी सेनाले हमला गर्न सक्ने चेतावनी दिएको छ ।

रुसी सेनाले युक्रेनका अधिकांश भूभागहरु नियन्त्रणमा लिएको जनाएको छ । मारियोपोल भन्दा उता डोनबास क्षेत्र रुसी सेनाले आफ्नो नियन्त्रणा लिइसकेको जनाएको छ भने डोनेट्स्क युक्रेनसँग छुटिएर छुटै राज्य संचालन गरिरहेको छ । यहाँ युक्रेनी सेनाले कहिले कही महला गर्ने प्रयास गरेका घटना पनि सार्वजनिक भएका छन् । रुसी संचारमाध्यमहरका अनुसार युक्रेनी सेनाको हवाई हमलाका कारढा सो क्षेत्रमा पाँच जनाको ज्यान गएको छ ।

यसैबीच रुसी सेनाले नियत्रणमा लिन चाहेको अर्को सहर ओडेसामा पनि हवाई हमला तीबं पारेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले ओडासको एयरपोर्टमा गएराति भिषण हमला गरेको छ । युक्रेनी सेनाले पश्चिमा देशहरुले दिएका हतियार एयरपोर्ट झार्न थालेपछि रुसी सेनाले हमला गरेको बताइएको छ ।

यसैबीच लिथुपियाले सप्लाई रोकेको भन्दै रुसले कडा चेचतावनी दिएको छ । बाल्टिक सागरमा रुसले आफ्नो जल सेनाको महत्वपूर्ण हतियार र फोर्स उतारेको छ । नेटो सदस्यहरु लिथुपियामा अमेरिकाले र नेटो सदस्य देशले हतियार जम्मा गर्न थालेका छन् । नेटो सदस्य भएकोले रुसले चाहदैमा बाल्टिक सागरमा विशेष दस्ता उतारेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal