आज :

रुसको समर्थनमा यूरोपमा लाखौं मानिसहरु सडकमा, नारा- गो ब्याक नेटो

  • अनलाइन डबली

काठमाडौँ । रुसको समर्थनमा युरोपमा लाखौं मानिसहरु सडकमा निस्किएका छन् । ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा युरोपका विभिन्न ठाउँहरुमा विरोध पर्दशन भइरहेका छन् । प्रतिबन्धका कारण युरोपमा महंगी र अभाव सिर्जना हुँदै गएपछि नागरिकहरु सडकमा निस्किएका हुन् । रुसविरुद्ध नेटोले लगाएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने, रुसी इन्धन युरोपमा सहजरुपमा आयत हुन दिनुपर्नेलगायतका कामहरुसहित लाखौं नागरिकहरु विरोध प्रदर्शनमा उत्रेका छन् ।

प्रदर्शनकारीले रुसलाई यूरोप भन्दापनि यूरोपलाई रुस आवश्यक भएको बताउँदै नेटोले लिएका नीतिको विरोध जनाएका छन् । उनीहरुले आफूहरुमाथि अभाव सिर्जना गर्ने नेटो फिर्ता हुनेपर्ने समेत बताएका छन् । प्रदर्शनकारीरुले ‘रुस इज आवर फ्रेन्ड, गो ब्याक अमेरिका’ जस्ता नारा लगाएको बताइएको छ । उनीहरुले रुस यूराेपकाे एेतिहासक रुपमा साथी भएको समेत दाबी गरेको बताइएको छ ।

नेटोका कारण युरोप ठूलो आर्थिक संकटतिर धकेलिएको प्रदर्शनकारीहरुले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
केही दिनअघि मात्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपका नेताहरुले रुसमाथि प्रतिबन्ध लगाएर आफ्नै नागरिकमाथि घात गरेको बताएका थिए । उनले प्रतिबन्धको असार युरोपका नागरिकलाई पर्ने समेत बताएका थिए । त्यसको केही दिनपछि युरोपमा विरोध प्रदर्शन सुरु भएको छ ।

ईयू र नेटो देशहरुले रुसको इन्धन, निर्माण, प्रविधिसहितका बस्तुहरुमाथि प्रतिबन्ध लगाएका छन् । ईयूले रुसको इन्धनप्रति पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, केही देशहरुले भने उक्त निर्णय आफूहरुलाई नमान्ने भन्दै रुससँगको व्यपार सम्बन्धलाई जारी राखेका छन् ।
प्रतिबन्धको जवाफस्वरुप रुसले पनि यूरोपमा निर्यातलाई कटौती गरेको छ । फ्रान्समा ग्यास निर्यातमा ६० प्रतिशत घटाएको छ । त्यस्तै, यूरोपका अन्य देशहरुमा पनि रुसले निर्यात घटाएको छ । त्यसको प्रत्यक्ष असर यूरोपमा देखिन थालेको बताइएको छ ।

औपचारिक रुपमा प्रतिबन्ध लगाएपनि यूरोप, अमेरिकासहितका देशहरुले रुसको इन्धन अनौपचारिक रुपमा किनिरहेका छन् । अमेरिकाका नीजि कम्पनीहरुले भारतसँग रुसबाट आयत गरिएको कच्च तेल समेत किनिरहेका छन् । ती कम्पनीहरुले पनि रुससँग तेल ल्याइरहेका छन् ।

रुसको इन्धन यूरोप अमेरिकाले नकिने पछि चीनले पहिले भन्दा ५५ प्रतिशत आयत गरेको छ । चीनले पहिले साउदी अबरसँग सबैभन्दा बढी तेल खरिद गर्थो भने अहिले पहिलो नम्बरमा रुस पुगेको छ । त्यस्तै, भारतले रुसी कच्च तेल आयतलाई बढाएको छ । यसअघि भारतले रुसबाट कुल आयतका पाँच प्रतिशत मात्रै किन्थ्यो ।

ईयू र नेटोको कडा प्रतिबन्धबीच रुसले युक्रेनमा सैन्य कारवाहीको यस दिनमा इन्धन निर्यातबाट झण्डै खर्ब अमेरिकी डलर कमाएको तथ्यांक सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal