आज :

बेलायती सेना प्रमुखले तेस्रो विश्वयुद्धको बिगुल फुके ! रुससँग लड्न दिए यस्तो आदेश (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौँ । बेलायती सेनाका प्रधानसेनापति प्याट्रिक स्यान्डर्सले अब छिटै तेस्रो विश्वयुद्ध हुने चेतावनी दिँदै त्यसको लागि तयारी अवस्थामा बस्ने आफ्ना सेनालाई आदेश दिएका छन् । हालै मात्र सैन्य कमाण्डको जिम्मेवारी सामालेका जनरल प्याट्रिकले पदभार ग्रहणको क्रमा आफ्ना सेनालाई सम्बोधन गर्दै अब विश्वयुद्ध हुने बताएका थिए ।

सम्बोधनको क्रममा प्याट्रिकले रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनलाई तानाशाह भन्दै युक्रेन हमलाले तेस्रो विश्वयुद्ध जन्माएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उनले आफ्ना सैनिक अगाडि उभिएर विश्वयुद्धमा रुसलाई हराउन कसम समेत खाएका छन् ।

जनरल प्याट्रिकले अब तेस्रो विश्वयुद्ध काल्पनिक विषय नभएको समेत बताए । उनको यो घोषणाले अब विश्वयुद्धतिर गएको अर्थ लगाइएको छ । केही दिन पहिले युक्रेन पुगेर फर्किएका बेलायती प्रधानमन्त्री बोरिस जनसनसँगको भेटपछि उनले विश्वयुद्धको विगुल फकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । उनको यो घोषणाले युक्रेन युद्ध अब रणमैदान बेलायत हुने विश्लेषण हुन थालेको छ ।

सैन्य खर्च धान्न नसकेपछि हालै मात्र बेलायती सरकारले ७३ हजार सेना कटौती गरेको छ । सैन्य कटौतीपछि सेना प्रमुखले विश्वयुद्धको विगुल बजाउँदै त्यसको नेतृत्व गर्ने उद्घोष गरेका छन् । सैन्य संख्या बढाउनुको साथै पेट्रीकले आफ्नो सेनालाई प्रविधिमा सक्षम बनाउनु पर्नेमा जोड दिए । उनले अफगानिस्तान र इराक युद्धमा बेलायती फौजको नेतृत्व गरेका थिए ।

यही जुन १३ मा प्रधानसेनापतिको जिम्मेवारी समालेका जनरल प्याट्रिकले आफ्नो पहिलो भाषणमा ब्रिटिश सेनाहरूलाई “फेरि युरोपमा लड्न तयार” हुन निर्देशन दिए। उनका अनुसार सम्भावित तेस्रो विश्वयुद्धमा बेलायती सेनाले रुसी सेनासँग लड्नुपर्नेछ । उनले भने, “हामीले हाम्रो सहयोगीहरूसँग काँधमा काँध मिलाएर लड्न र युद्धमा रूसलाई पराजित गर्न सक्षम हुने सेना निर्माण गर्न आवश्यक छ। यो पुस्तामा, सेना फेरि युरोपमा लड्न तयार हुनुपर्छ। सन् १९४१ पछि युरोपमा भू-युद्धको छायाँमा सेनाको जिम्मेवारी सम्हाल्ने म पहिलो प्रधानसेनापति हुँ। त्यो युद्धमा महादेशीय शक्ति संलग्न थियो। हाम्रो सेनाको मुख्य उद्देश्य युनाइटेड किंगडमको रक्षा गर्नु हो। यसका लागि सेनाका सदस्य भूमियुद्ध लड्न र जित्न तयार छन् ।”

प्याट्रिकले बेलायती सेनाले एक पटक फेरि यूराेपमा लडाइँ लड्नु पर्ने बेला आएको बताए । उनले आफ्ना सहयाेगी र छिमेकीसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने समेत बताएका छन् ।

सेना प्रमुखले यो घोषणा गरेपनि प्रधानमन्त्री जनसन र ईयूका नेताहरुले यसबारे केही बताइसकेका छैनन् । युक्रेनलाई मुख्य सहयोग अमेरिकाले गरेपनि उ रुसँग प्रत्यक्ष रुपमा अगाडि आउन चाहेको छैन । तर, बेलायत भने अमनेसामने उत्रिएको छ । जनसनले युक्रेनमा रुसी सेनाको हमलाबाट भएको क्षतिका अनुगमन समेत गरेका थिए । उनले आफूले युक्रेनलाई आधुनिक हतियारसँगै तामिल दिने घोषणा गरेका थिए ।

यसअघि पनि बेलायतले ५ हजार एएलएडब्ल्यू मिसाइल दिइसकेको छ । स्टारस्ट्रीक एयर डिफेनस सिस्टम पनि दिएको छ । त्यस्तै, एम – १०९ तोप दिने र एम– २७० राकेट सिस्टम दिने घोषणा गरेको थियो ।

बेलायतले युक्रेन युद्धमा आफ्ना सैनिक पनि पठाएको बताइएको छ । केही दिन पहिले मात्रै दुई जना बेलायती नागरिक युक्रेनमा रुसविरुद्ध लडिरहेको अवस्थामा कब्जामा परेका थिए ।

उनीहरुलाई रुसी सेनाले कब्जामा लिएर डोनेट्स्क गणराज्यलाई बुझाएका थिए । डोनेट्स्कले उनीरुसहित एक अमेरिकी नागरिकलाई फासीको सजाय तोकेको थियो । अमेरिकी नागरिक पनि सँगै लडिरहेको अवस्थामा युद्धक्षेत्रबाटै रुसी सेनाले कब्जामा लिएको थियो ।

बेलायती सेना प्रमुखले विश्वयुद्धको चेतावनी दिएको केही समयपछि रुसले रणमाणु पनडुब्बीबाट मिसाइल परीक्षण गरेको थियो । उनले पनि विश्वयुद्धको लागि आफू पनि तयार रहेको संकेतको रुपमा यो परीक्षण गरेको विश्लेषण हुन थालेको छ ।

केही दिन पहिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक ध्रुविय विश्वको योग अन्त्य भएको घोषणा गरेका थिए । पुटिनले अमेरिका र उसका सहयाेगी देशरुलाई युक्रेनलाई साथ दिए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal