आज :

‘एकध्रुविय विश्व’ अन्त्य भएको पुटिनको घोषणा ! अब अमेरिकी दादागिरीको पनि अन्त्य

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक ध्रुविय विश्वको युग समाप्त भएको घोषणा गरेका छन् । हालै सम्पन्न एक कार्यक्रममा बोल्दै पुटिनले ‘एकध्रुवीय संसारको युग’ को अन्त्य भएको घोषणा गरेका हुन् । उनले पश्चिमा नेताहरुको चर्को आलोचना गर्दै घुमाउरो भाषामा अमेरिकाको दादागिरी अब विश्वमा नचल्ने समेत बताएको समाचार एजेन्सीहरुले बताएका छन् ।

पुटिनले भने, “जब उनीहरूले शीतयुद्ध जितेका थिए, अमेरिकाले आफूलाई पृथ्वीमा भगवानको आफ्नै प्रतिनिधि भनि घोषणा गरेको थियो, अब त्यो चल्दैन ।” पुटिनले अब विश्वमा शक्ति सन्तुलन आउन दाबी समेत गरेका थिए ।

पुटिनले संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरुको चर्को आलोचना गर्दै उनीहरुकै कारण विश्वमा अस्थिरता आएको बताए । उनले अमेरिकासहितका देशहरुका परराष्ट्र नीतिकै कारण ंसारलाई अस्थिर आएको बताए । पटिनले युक्रेनमा आफ्नो देशले युद्ध नभई विशेष सैन्य कारवाही चलाएको बताएका थिए । त्यो जारी रहने समेत बताए ।

पश्चिमी देशहरूले आफ्ना समस्याहरूको दोष रुसलाई दिएको बताउँदै पुटिनले विश्वमा खाद्यान्नको मूल्यवृद्धि ‘अमेरिकी प्रशासन र यूरो नोकरशाही’ जिम्मेवार भएको भनेको समाचार एजेन्सी सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

अमेरिकासहित पश्चिमा देशहरुले रुसमाथि आर्थिक नाकाबन्दी गर्दै मुद्रा तथा व्यपार संजालबाट सम्बन्ध विच्छेद गरेका छन् । तर, रुसले आफ्नै मुद्रामा व्यपार गरिरहेको छ । युक्रेनमाथिको कारवाही सुरु भएयताको १०० दिनको एक अध्ययनले रुसले ८९ अर्ब डलरको इन्धन निर्यात गरेको देखाएको छ । यसले त रुसमाथि जुन आसयमा प्रतिबन्ध लगाइएको थियो, त्यो फेल भएको देखाएको छ ।

रुसले चीन र भरतमा इन्धन निर्यात बढाएको छ । चीन एक नम्बर रुसबाट इन्धन आयात गर्ने देशको सूचीमा पुगेको छ भने भारतले बढाउँदै लगेको छ । त्यस्तै, रुसी इन्धन अमेरिकामा पुग्ने गरेको एक अध्ययन देखाएको छ । भारतीय संचारमाध्यमका अनुसार अमेरिकी व्यपारीहरुले रुसबाट आयात गरिएको इन्धन भारतसँग खरिद गर्ने गरेका छन् ।

पुटिनले युक्रेनलाई साथ दिएर युरोपका नेताहरुले आफ्ना जनताको हित विरोधी कार्य गरिरहेको बताएका छन् । उनले युरोपमा आफूले आयत रोक्ने समेत चेतावनी दिएका छन् । पुटिनको यो चेतावनीसँग फ्रान्समा ग्यास निर्यातलाई ६० प्रतिशतले कटौती गरेको छ । सुरुका दिनमा केही तटस्थ बसेको फ्रान्स प्रधानमन्त्री युक्रेन पुगेपछि ग्यास निर्यात कटौती गरेको हो ।

यूरोपमा अझै रुसको इन्धन आयत भइरहेको छ । यदि रुसले पुर्णरुपमा निर्यातलाई रोक्ने हो भने युरोपमा ठूलो भोकमरी हुने बताइएको छ । त्यस्तै, महंगीले सीमा नाघ्नेछ । युक्रेनमा रहेका युरोपका सबै भन्दा दुई ठूला उर्जा केन्द्र पनि रुसी सेनाकै नियन्त्रणमा छन् । युद्धबीच पनि अहिले उत्पादन जारी राखेका छन् । यदि रुसले ती केन्द्रबाट उर्जा बन्द गर्न लगाए आधा यूरोप अन्धकार हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal