Skip
आज :

रुसी सेनाका कमाण्डर भन्छन्– नेटोसँग प्रचण्ड युद्ध लड्न तयार छौं

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाका एक पूर्व कमाण्डर आफ्नो देश नेटोसँग युद्ध लड्न तयार रहेको बताएका छन् । रुसको एक टेलिभिजनमा बोल्दै उनले राष्ट्रपति भ्लोदिमिर पुटिन नेटोसँग लड्न तयार रहेको बताउँदै जित्ने दाबी समेत गरे । रुसको सुरक्षा समिति सदस्य समेत रहेका उनले टेलिभिजनमा अन्तरवार्ताको क्रमम भने, “यसलाई सामान्य रुपमा नलिउँ, हामी नेटोसँग प्रचण्ड युद्ध लड्न पूरै तयार छौं के तिमिहरु पनि छौं ?” उनले यसलाई नजरअन्दाजन नगर्न समेत चेतावनी दिएका छन् ।

युक्रेनलाई अन्य देशसँग जोड्न समुद्री बन्दरगाहा भएको मारियोपोलमा रुसको झण्डा फहराइरहेको छ । यो शहर पूर्णरुपमा रुसी सेनाले नियन्त्रणमा लिएको छ । त्यहाँ अहिले रुसी समर्थथितहरुले स्थानीय प्रशासनलाई संचालन गरेका छन् । स्टिल कम्पनीभित्र लुकेर बसेको तीन हजार युक्रने सेनाले आत्मसमर्पण गरेपछि मारियोपोल रुसको कमत नोले कब्जामा लिएको हो ।

भिषण लडाइँ भइरहेको बेला राष्ट्रपति भोलोमिदिर जेलेन्स्कीले मारियोपोल युक्रेनीको मुटु भएको बताउँदै अन्तिमसम्म लड्न भनेका थिए । तर, दिनदिनै युक्रेनी फौजले आत्मसमर्पण गर्न थालेका थिए । अन्तिमसम्म प्रतिरोध गरिरहेको करिब दुई हजारको संख्यामा रहेका युक्रेनी फौजले सामुहिकरुपमा हात उठोपछि स्टील उद्योगबाट बाहिर निकालिएको थियो । उनीहरुलाई रुसी सेनाले युद्धबन्दीको व्यवहार गर्दै सुरक्षित स्थानमा लगेको थियो ।

अब रुसको निसाना दोस्रो महत्वपूर्ण शहर हो ओडिसा । रुसले यो सहरलाई पनि नियन्त्रण लिएमा युक्रेनको समुद्री बन्दरगाहसँग सम्बन्ध विच्छेद हुनेछ । उसलाई आयत र निर्यातमा पनि समस्या हुनेछ ।

जेलेन्स्कीले अहिले यो शहरसहित डोनबास क्षेत्रलाई जोगाउने प्रयास गरिरहेका छन् । डोनबास क्षेत्र करिब करिब रुसको नियन्त्रणमा पुगेको छ । यहाँ पनि युक्रेनी फौजले केही स्थानमा लुकेर प्रतिरोध गरिरहेको छ भने प्रत्यक्ष युद्धबाट पछि हटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

युरोपेली आयोगले युक्रेनलाई ईयूको सदस्यताको लागि उम्मेदवारको हैसियत दिएपछि जेलेन्स्की उत्साहित भएका छन् । ईयूको सदस्यताको लागि पहिलो खुट्कीलो भएको बताउँदै उनले सदस्यता प्रदान गर्न ईयूका नेताहरु सकारात्मक हुने अपेक्षा गरेको जेलेन्स्कीले बताएका छन् । उम्मेदवारको लागि सकारात्मक संकेत आएपछि उत्साहित जेलेन्स्की युद्धक्षेत्रमा पुगेका छन् ।

त्यहाँ पुगेर उनले आफ्ना फौजको मनोवल उच्च राख्ने प्रयास गरे । उनले ईयूको सदस्य बनेपछि पूरै युरोपले भौतिक रुपले युद्धमा साथ दिने भन्दै जेलेन्स्कीले त्यहाँसम्म प्रतिरोध गर्न सेनालाई भनेको समाचारमा उल्लेख छ । तर, युद्धक्षेत्रमा रहेका फौज र सरकारी अधिकारीहरुले तत्काल लामो दूरका अस्त्र नआए आफूहरुले प्रतिरोध गर्न नसक्ने जानकारी गराएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal