आज :

जेलेन्स्की युद्ध क्षेत्रमा गएको बेला रुसी सेनाले मिसाइल हमला गर्यो

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धक्षेत्रमा रहेकै बेला सो क्षेत्रमा रुसी सेनाले मिसाइल हमला गरेको छ । जेलेन्स्कीले केही क्षेत्रको भ्रमण गरे र आफ्नो भ्रमण छोट्याएर किभ फर्किएका छन् । रुसले विशेष सैन्य कारवाही सुरु गरेको चार महिनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धक्षेत्रको अवलोकन गरेका छन् ।

रुसी सेनासँग सामना गर्न नसकेर आफ्नौ फौज पछि हटेका क्षेत्रमा जेलेन्स्की पुगेका छन् । उनले आफ्ना सैनिकको मनोबल उच्च बनाउन सो क्षेत्रको भ्रमण गरेको बताइएको छ । अधिकांश भूभाग रुसी सेनाको नियन्त्रणमा पुगेको माइकोलाइभ सहरमा पुगेर जेलेन्स्कीले क्षतिग्रस्त भवनहरूको निरीक्षण गरेका छन् । उनले सैनिक, सरकारी अधिकारी र स्वास्थ्यकर्मीहरूलाई समेत भेटेका छन् ।

रुसी सेनाले सुरुदेखि नै हमला जारी राखेको ओडेसाको पश्चिमी सहरको पनि भ्रमण गरेका छन् । ब्ल्याक सीको तटलाई कब्जा गर्न रुसी सेनाले यो क्षेत्रमा भिषण हमला गरिरहेको छ ।

यी क्षेत्रमा जेलेन्स्की पुगेकै बेला पनि रुसी सेना मिसाइल हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसी सेनाले लगातार हमला गर्न थालेपछि जेलेन्स्कीले भ्रमण छोट्याएर किभ फर्किएको बताइएको छ । जेलेन्स्की फर्किएपछि हमला केही कम भएको बताइएको छ ।

भ्रमणको क्रममा जेलेन्स्कीले आफ्ना सेनालाई पदक समेत वितरण गरेका छन् । “जीवित रहनु महत्वपूर्ण छ । जबसम्म तपाईँ बाँच्नु हुन्छ तबसम्म एउटा बलियो युक्रेनी पर्खाल रहन्छ जसले देशको रक्षाको गर्छ । म युक्रेनका जनता र हाम्रो राज्यको तर्फबाट तपाईँले गरिरहनुभएको महान् काम र उत्कृष्ट सेवाको लागि धन्यवाद दिन चाहन्छु” जेलेन्स्कीले ओडेसाका सेनाहरूसँग भने ।

माइकोलाइभमा जेलेन्स्कीले सेनाहरूलाई पदक दिए र उनीहरूलाई युक्रेनको हेरचाह गर्न आग्रह गर्दै आफ्नो ख्याल राख्न भन्दै रुससँग तपाईँहरुमात्रै लड्न सक्ने बताउँदै सैनिकलाई मनोवल उच्च राख्न भने ।

माइकोलाइभ खेरसनबाट करिब एक सय किलोमिटर मात्रै टाढा छ । खेरसन रुसको नियन्त्रणमै छ । यसअघि माइकोलाइभका गभर्नर भिटालिइ किमले सहरमा किएभको प्रतिरक्षा प्रणाली सुस्त बनाउनका निम्ति रुसी सेनाले खेरसन नजिकको पुल ध्वस्त पार्न लागेको दाबी गरेका थिए ।

भ्रमणको क्रममा जेलेन्स्कीसँग स्थानीय अधिकारीहरूले आफूहरुलाई लामो दूरका अस्त्रहरू आवश्यक भएको बताउँदै त्यसैमा जित हार निर्भर रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसको नियन्त्रणमा पुगेको डोनेट्स्कमा युक्रेनी सेनाले मानव बस्तीमा हवाई हमला गरेको छ । जसका कारण पाँच जनाको मृत्यु र २० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । यो क्षेत्र विद्रोहीहरुले कब्जामा लिएर सरकार संचालन गरेका छन् । रुसी सेनाले सेभेरोडोनेट्स्क, लुहान्स्कस्थित सिरोटाइन र डोनेट्स्कस्थित क्रास्नोपिल्यामा नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal