आज :

चीन र पाकिस्तानसँग युवाहरुलाई लडाउन मोदीको अग्निपथ योजना, भारतभर प्रदर्शन र आगजनी

  • अनलाइन डबली

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छोटो अवधिको लागि ल्याएको सैनिक भर्ती योजनाको भारतभर विरोध भइरहेको छ । ‘अग्नीपथ’ नाम दिएको उक्त सैनिक भर्ती योजनाको विरोधमा लाखौं युवाहरु सडकमा निस्किएका छन् । सबैभन्दा विरोध प्रदर्शन विहारमा भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार प्रदर्शनकारीले नौ वटा रेल आगजनी गरी ध्वस्त बनाइएको छ । रेलमा सवार एक जनाको आगोमा जलेर मृत्यु समेत भएको छ । त्यस्तै, विहार, उत्तर प्रदेशम, हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेशमा विरोध प्रदर्शन र आगजनीबाट क्षति पुगेको छ । सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपनि विरोध झझन चर्किएको छ । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा ल्याइएको अग्नीपथ योजना अन्तरगत युवाहरुले चार बर्षसम्म भारतीय सेनामा जागिर पाउनेछन् । भारतका जल, स्थल र वायु तीनवटै सेनामा युवाहरुलाई छोटो अविधिको लागि भर्ती गर्ने योजना मोदी सरकारले मंगलबार ल्याएको थियो ।
सरकारले अग्निपथ योजना अन्तरगत साढे १७ देखि २१ वर्षबिचका व्यक्तिहरूलाई लक्षित गरेको छ । सफल आकाङ्क्षीहरू चार वर्षका लागि सेनामा भर्ती हुनेछन् र त्यसपछि २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन् ।

युवाहरुले खासगरी उमेर हद, सेवा अवधिलाई लिएर विरोध प्रदर्शन सुरु गरेका थिए । त्यस्तै, सेवा अवधिपछि खाली हात घर फर्किनुपर्ने अवस्थाको पनि विरोध भइरहेको छ । भारतमा कोरोना महामारीपछि सेनामा भर्ती रोकेको छ । तयारी गरिरहेका दशौं लाख युवाहरुको उमेर हदका कारण भविश्य चौपट हुने देखिएको बताइएको छ ।

सरकारले विरोधलाई साम्य पार्ने उद्देश्यले यो बर्षको लागि मात्रै २३ बर्षसम्मकाले आवेदन फारम भर्न पाउने बताएको छ । तर, युवाहरुको विरोध देशभर फैलिएको छन् । भारतले खर्च कटौती गर्ने भन्दै योजना ल्याएको बताइएको छ । तलब र निवृतिभरणको बजेट कटौती गर्ने उद्देश्यले अग्निपथ योजना ल्याएको बताइएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार अग्निपथ योजनामा भर्ती गरिएका युवाहरुलाई चीन र पाकिस्तानसँग विवादित ठाउँमा पठाउने सरकारको योजना रहेको छ । युवाहरु मार्न र मर्न तयार हुने भएकै कारण चीन र पाकिस्तानसँग लड्न पठाउन लागेको हो ।

भारतीय संचारमाध्यमहरुले युवाहरुलाई सीमा क्षेत्रमा पठाउने तयारी गरेपछि चीन र पाकिस्तानलाई तनाव पैदा भएको बताएका छन् । रक्षामन्त्री राजनाथ सिंहले योजना सार्वजनिक गरेसँगै कहाँ पठाउने भन्ने उल्लेख गरेका छैनन् । तर, भारतीय संचारमाध्यमहरुले सरकारी अधिकारीलाई उदृत गर्दै उनीहरुलाई सीमा क्षेत्रमा पठाउने उल्लेख गरेका छन् ।

विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले सरकारी अधिकारीलाई निसाना बनाएका छन् । भारतीय जनता पार्टीका नेताहरुलाई सुरक्षा थ्रेट बढेको छ । उनीहरुको सुरक्षा थप गरिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal