Skip
आज :

अमेरिकाले दिएको युक्रेनी हेलिकोप्टर हेर्दाहेर्दै आकाशमै खरानी, खार्किभमा अहिलेसम्मकै ठूलो हमला

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले युक्रेनको खार्किभ, इजियम, सूमीलगायतका क्षेत्रमा भिषण हमला जारी राखेको छ । रुसी सेनाले इजियम क्षेत्रमा युक्रेनी सेनाको हेलिकोप्टर रुसी सेनाले आकाशमै उडाइदिएको छ ।

बम बर्षकसहितका उक्त हेलिकोप्टर रुसी सेनाको टुकुटीतिर अगाडि बढे लगत्तै प्रहार गरिएको थियो । रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा हेलिकोप्टर आकाशमा उडिरहेको बेला रुसी सेनाले मोर्टर प्रहार गरेको थियो । उडिरहेको हेलिकोप्टर एकै छिनमा आकाशमै धुँवा धँवा भएको थियो ।

उक्त हेलिकोप्टर पछिल्लो खेपमा पठाएको अस्त्रसँगै अमेरिकाले पठाएको थियो । अत्याधुनिक मानिएको उक्त हेलिकोप्टर विरोधी सेनामाथि हमला गर्न सक्षम मानिएको थियो ।

रडार सिस्टमलाई समेत छक्याउने सक्ने मानिएको हेलिकोप्टर ध्वस्त भएपछि युक्रेनी सेनालाई ठूलो क्षति पुगेको बताइएको छ । रुसको भिषण हमलाको प्रतिवाद गर्ने भनेर सो क्षेत्रमा लगिएको अमेरिकी हेलिकोप्टरले रुसी सेनाका अगाडि कामयबी नभएपछि युक्रेनी फौजलाई ठूलो धक्का पुगेको छ ।

त्यसैगरी खार्किभमा पनि रुसी सेनाले हमला नेज बनाएको छ । रुसी सेनाले एकै पटक दुईवटा मिसाइल युक्रेनी सेनाको हतियार भण्डार केन्द्रमा प्रहार गरेको छ । मिसाइल हमलाबाट रुसी सेनाले पश्चमा देशहरुले दिएका हतियार ध्वस्त भएको भारतीय संचामाध्यमहरुले बताएका छन् । त्यस्तै, सुमी क्षेत्रमा पनि भिषण लडाइँ जारी छ । सेवेरोडोनेस्कमा रुसी सेनाको हमलाबाट अजोट पलान्टमा ठूलो क्षति पुगेको बताइएको छ ।

युक्रेनमाथिको रुसी सैन्य कारवाही झन तेज हुने देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नेटोको शिखर सम्मेलनमा सम्बोधनको लागि निम्ता दिएपछि रुस झन् आक्रामक बनेको छ । युक्रेनलाई नेटोमा स्थान दिन थालेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका राष्ट्रपति सी चिनिफिङसँग वार्ता गरेका छन् । दुबै नेताले एक आपसमा मिलेर अघि बढ्ने सहमत भएका छन् ।

यसैबीच एकै दिन पश्चिमा देशका नेताहरु किभको भ्रमण गर्न थालेका छन् । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रो, जर्मनीका चान्सलर ओलाफ सोल्ज र इटलीका प्रधानमन्त्री मारिओ ड्रागी बिहीवार बिहान युक्रेन पुगे । उनीहरुले राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेर सहयोग गर्ने वचन दिएका छन् ।

माँक्रो, सोल्ज र ड्रागीको भ्रमणको उद्देश्य आफूहरूले गरिरहेको सहायताप्रति भएको आलोचनाको विरोध गर्ने, युक्रेनलाई आर्थिक र मानवीय सहायतासहित अस्त्र पनि दिने रहेको बताइएको छ । उनीहरू पोल्याण्डबाट रातीको रेलयात्रा गरेर बिहीबार बिहान किएभ पुगेका थिए । तीनजना नेताहरूले युक्रेन युद्धको सुरुमा रुसले नियन्त्रण जमाएको इरपिन शहरमा पुगेर युद्धको क्षति अनुगमन गरेको बीबीसीले जनाएको छ । उनीहरुले एकसाथ रुसको विरोध जनाएका छन् ।

भेटमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सैन्य सहायतामा तीब्रता दिन आग्रह गरेका छन् । पश्चिमा नेताहरुको युक्रेन भ्रमण र जेलेन्स्कीको अस्त्र मागले युक्रेनमा रुसले हमला झनै तेज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal