आज :

हतियार गोदाम खाली भए भन्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यसो भनेपछि …

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा सैन्य कारवाही झन् भिषण बन्दै गएको छ । भिषण लडाइँ भइरहेको युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त भएका छन् । अब यो शहरमा थप युक्रेनी फौज जान सक्दैनन् ।

स्थानीय गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएको बताउँदै आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताए । उनले अहिलेकै जस्तो हमला जारी रहे अबको केही घण्टामा रुसी सेनाले पूरै शहर पूर्णरुपमा नियन्त्रणमा लिन सक्ने बताए ।

रुसले युक्रेनी अधिकारीहरुलाई आफ्ना फौजलाई सैन्य केन्द्रहरुबाट बाहिर निकाल्न भनेको छ । आफूले चारैतिबाट घेराउ गरिसकेको बताउँदै रुसी अधिकारीहरुले आत्मसमर्पण गरेर ज्यान जोगाउन भनिरहेका छन् । सेभेरोडोनेट्स्क जोड्ने तीनवटै पुलहरू रुसी सेनाले ध्वस्त बनाएको हाइडाईले टेलीग्राममा पोस्टले पनि बताएको बीबीसीले जनाएको छ ।

डोनबास र लुहान्स्क क्षेत्रलाई पूर्णरुपमा कब्जामा लिन रुसले हप्तौँदेखि सो क्षेत्रमा भिषण हमला गरेको थियो । सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुने बताइएको छ । यसअघि नै यी क्षेत्रका अधिकांश भूभागहरु वि द्रोहीहरुले नियन्त्रण कायम गरेका थिए ।

यसैबीच युक्रेनका भोलोदोमिर जेलेन्स्कीले आफ्ना हतियार गोदाम खाली हुँदै गएको बताउँदै पश्चिमा देशहरुसँग थप हतियार उपलब्ध गराउन आग्रह गरेका छन् । रुससँग प्रतिवाद गर्ने हतियार उपलब्ध नभए रुसलाई पछि धकेल्न नसक्ने बताएका छन् । उनको यो भनाईलाई हार स्वीकारको रुपमा समेत अर्थ लगाइएको छ । जेलेन्स्कीको यो भनाईपछि अमेरिका र उसलाई अहिलेसम्म सहयोग गर्दै आएका देशहरु पनि झस्किएका छन् । जेलेन्स्की पछि हटे आफूहरुको लागनी खेर जान सक्नेमा उनीहरु चिन्तित रहेको बताइएको छ ।

यसअघि युक्रेनी सेनका एक कमाण्डरले रणमैदानबाटै आफूहरुले रुसी सेनाको आर्टिलरी सिस्टमल आफूहरुको पोजिशन ध्वस्त पारेको बताएका थिए । उनले आफूहरुलाई आर्टिलरी सिस्टमसहितका हतियार उपलब्ध नभए रुससँग हार्ने बताएका थिए । उनले माग गरेको हतियारको संख्या अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनलाई उपलब्ध गराएको हतियारको संख्या भन्दा बढी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal