आज :

पुटिनले गरे अर्को नयाँ कानूनमा हस्ताक्षर, अमेरिका र युरोपमा हलचल

  • अनलाइन डबली

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली अदालतको निर्णय पालना नगर्ने कानूनमा हस्ताक्षर गरेका छन् । पुटिनले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना रुसले नगर्ने सम्बन्धी कानूनमा हस्ताक्षर गरेका हुन् ।

पुटिनले हस्ताक्षर गरेको कानूनमा रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५ पछि अपनाईएको इसीएचआर नियमहरू रुसले पालना गर्नेछैन ।

साथै, ईसीएचआर द्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रूबलमा मात्र बनाइनेछ र रूसी बैंकहरूका खाताहरूमा मात्र हस्तान्तरण गरिनेछ ।

उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले स्वीकृत गरेको थियो । पुटिनको यो कदमले पुरोप र अमेरिकामा हलचल ल्याएको छ । युरोपियन यूनियनले इसीएचआरको निर्णय पालना गर्न रुसलाई बाध्य पार्न खेजिरहेको बेला पुटिनले कानूनमा हस्ताक्षर गरेका छन् ।

यसअघि पुटिनले सोभियतकालिन भूमिलाई फिर्ता गर्ने भनेको कुराले युरोपमा हलचल भइरहेको बेला फेरि यो कानूनमा हस्ताक्षर गरेका छन् । युक्रेनमा आफ्नो सेनाले युद्ध नभएर सैन्य कारवाही मात्रै गरेको बताउँदै पुटिनले अस्त्र सहयोग नरोके अहिलेसम्म प्रयोगमा नआएका हतियारद्वारा हमला गर्ने चेतावनी दिएका थिए ।

यसैबीच रुसी सेनाले युक्रेनको राजधानी किभमा हमला बढाएको छ । स्तानबुल शान्तिवार्तापछि रुसी सेना किभबाट पछि हटेको थियो । पूर्वी युक्रेनका अधिकांश भूभागमा नियन्त्रणमा लिएको रुसले फेरि राजधानी किभमा हमलालाई तेज बनाएको हो ।

रुसी सेनाले पछि हटेयताकै सबैभन्दा ठूलो हमला भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । शान्ति भइसकेको किभमा फेरि सुरक्षा साइरन बच्न थालेका छन् । रुसी सेनाले किभ र खार्किभमा सँगै हमला गरेका छन् । रुसी सेना किभको बाहिर क्षेत्रबाट मोर्चा खसे अघि बढिरहेको बताइएको छ ।

रूसले किभमा फेरि हमला सुरू गरेपछि मात्रै युक्रेनले क्षतिलाइ स्वीकार गरेकाे थियाे । युक्रेनका रक्षामन्त्री ओलेक्सीले रुससँग सामथ्र्यमा समान नभएकोले आफूहरुले युद्धमैदानमा सोचेभन्दा ठूलो क्षति ब्यहोरिरहेको बताएका थिए । उनले दैनिक २ सैनिकको ज्यान गइरहेको र ५ सयको संख्या आफ्ना सैनिकहरु घाइते भइरहेको बताएका थिए ।

उनले युद्धक्षेत्रबाट फरकफरक विवरण आएको बताउँदै यो संख्या बढ्न सक्ने समेत बताएका थिए । रक्षामन्त्री ओलेक्सीले पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु आग्रह गरिरहेका छन् । युक्रेन पुगेको अस्त्र पनि रुसी सेनाको कब्जामा जान थालेपछि अब हतियार नपठाउने मुडमा पश्चिमा देशहरु पुगेको बताइएको छ ।

भारतीय संचारमाध्यम टिभी १८ का अनुसार अमेरिका र पश्चिमा देशहरुले दिएका लामो तथा छोटो दूरीमा मार हान्न सक्ने अस्त्र रुसी सेनाले ध्वस्त बनाइदिएको छ । युक्रेन पुगेका त्यस्त्रा अस्त्र रकेट लञ्चरदेखि ट्यांक थिए । त्यस्तै अमेरिकाले पछिल्लो खेप दिएका भारी मात्रा एन्टी ट्यांक मिसाइल पनि रुसी सेनाको नियन्त्रणमा पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal