आज :

एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कुवेत ४-१ गोलले विजयी

  • अनलाइन डबली

काठमाडौँ । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति कुवेतमा भएको खेलमा घरेलु टिमले ४-१ गोलले पराजित गर्‍यो।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको थियो। लगातार दोस्रो खेलमा पराजित भएसँगै अब नेपालको एसियन कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ।

शनिबार नेपालविरूद्ध घरेलु टिम कुवेतका योसेफ नासेरले दुई गोल गरे। दुवै गोल दोस्रो हाफमा गर्ने क्रममा उनले ४८ र ७० मिनेटमा गोल गरेका थिए।

त्यसअघि खेलको २८ मिनेटमा फहाद अल रासिदीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। कुवेतका लागि चौथो गोल अल फनेहीले ७३ मिनेटमा गरेका थिए।

दोस्रो हाफमा नेपालका कप्तान नवयुग श्रेष्ठको प्रहार बारमा लाग्दा नेपाल गोल गर्न चुकेको थियो। यद्यपी नेपालका लागि दर्शन गुरुङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

अब नेपालले समूहको अन्तिम खेलमा इन्डोनेसियासँग आगामी मंगलबार राति प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष टिम आगामी वर्ष चीनमा हुने एसियन कपमा छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal