आज :

युक्रेनको राजधानी किभमा रुसी सेनाले गर्यो अहिलेसम्मकै ठूलो हमला, अमेरिकाले दिएका हतियार कब्जा

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले युक्रेनको राजधानी किभमा हमला बढाएको छ । स्तानबुल शान्तिवार्तापछि रुसी सेना किभबाट पछि हटेको थियो । पूर्वी युक्रेनका अधिकांश भूभागमा नियन्त्रणमा लिएको रुसले फेरि राजधानी किभमा हमलालाई तेज बनाएको हो ।

रुसी सेनाले पछि हटेयताकै सबैभन्दा ठूलो हमला भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । शान्ति भइसकेको किभमा फेरि सुरक्षा साइरन बच्न थालेका छन् । रुसी सेनाले किभ र खार्किभमा सँगै हमला गरेका छन् । रुसी सेना किभको बाहिर क्षेत्रबाट मोर्चा खसे अघि बढिरहेको बताइएको छ ।

भारतीय संचारमाध्यम टिभी १८ का अनुसार अमेरिका र पश्चिमा देशहरुले दिएका लामो तथा छोटो दूरीमा मार हान्न सक्ने अस्त्र रुसी सेनाले ध्वस्त बनाइदिएको छ । युक्रेन पुगेका त्यस्त्रा अस्त्र रकेट लञ्चरदेखि ट्यांक थिए । त्यस्तै अमेरिकाले पछिल्लो खेप दिएका भारी मात्रा एन्टी ट्यांक मिसाइल पनि रुसी सेनाको नियन्त्रणमा पुगेको छ ।

यसअघि युक्रेनका रक्षामन्त्री ओलेक्सीले रुससँग सामथ्र्यमा समान नभएकोले आफूहरुले युद्धमैदानमा सोचेभन्दा ठूलो क्षति ब्यहोरिरहेको बताएका थिए । उनले दैनिक २ सैनिकको ज्यान गइरहेको र ५ सयको संख्या आफ्ना सैनिकहरु घाइते भइरहेको बताएका थिए ।

उनले युद्धक्षेत्रबाट फरकफरक विवरण आएको बताउँदै यो संख्या बढ्न सक्ने समेत बताएका थिए । रक्षामन्त्री ओलेक्सीले पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु आग्रह गरिरहेका छन् । युक्रेन पुगेको अस्त्र पनि रुसी सेनाको कब्जामा जान थालेपछि अब हतियार नपठाउने मुडमा पश्चिमा देशहरु पुगेको बताइएको छ ।

त्यसैगरी पूर्वी डोन्बास क्षेत्रमा पनि भिषण लडाइँ जारी छ । रुसी सेनाको सामान गर्न सयौँ पश्चिमा युद्ध प्रणाली आवश्यक रहेको युक्रेनले बताएको छ । सिङ्गो डोन्बासको अधिकांश क्षेत्र रुसको नियन्त्रणमा आइसकेका छन् । पूर्ण कब्जाको लागि रुसी सेनाले चौतर्फी हमला जारी राखेको छ ।

अहिलेको सो क्षेत्रमा रुसको सामना गर्न १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । यो संख्या अहिलेसम्म युक्रेनमा प्राप्त गरिसकेको भन्दा निकै बढी भएको बताइएको छ । पश्चिमा देशहरुले यो संख्यामा अस्त्र पठाउन नसक्ने संकेत गरेका छन् । योसँगै युक्रेनको हार नजिकिँदै गएको छ ।

पूर्वी शहर सेभेरोडोनेट्स्कमा लडाइँ जारी छ । सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेका विवरण प्राप्त भएको बीबीसीले जनाएको छ । यो शहर रुसले कब्जा गरे पूर्वी डोनबास पूरै क्षेत्र युक्रेनले गुमाउनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेभेरोडोनेट्स्क शहरका लागि भएको लडाइँबाट पूर्वी डोनबास क्षेत्रको भाग्य निर्धारण हुनसक्ने बताउँदै आएका छन् ।

लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरको मुख्य भागबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन् । यो शहरको अधिकांश भाग रुसी सेनाको नियन्त्रणमा गइसकेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal