आज :

युक्रेनले बल्ल स्वीकार गर्यो आफ्नो क्षतिः दैनिक २ सय सैनिकको मृत्यु, ५ सय घाइते

  • अनलाइन डबली

काठमाडौँ । रुसले सैन्य कारवाही गरेको तीन महिनापछि मात्रै बल्ल युक्रेनले आफ्नो क्षति स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका छन् ।

युक्रेनी रक्षामन्त्री ओलेक्सी रेजिनकोभले यो संख्या आफूहरुले अनुमान गरेको भन्दा निकै बढी भएको समेत बताए । उनले आफूहरुले अनुमान गरेको क्षतिको संख्या भन्दा दिनदिनै बढ्दो रहेको समेत बताएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार रक्षामन्त्री ओलेक्सीले दैनिक ५ सयको संख्या आफ्ना सैनिकहरु घाइते भइरहेको समेत बताए । उनले युद्धक्षेत्रबाट फरकफरक विवरण आएको बताउँदै यो संख्या बढ्न सक्ने समेत बताए । उनले रुसको पनि क्षति भइरहेको दाबी गरे ।

रक्षामन्त्री ओलेक्सीले प्रतिरक्षा गर्ने सामथ्र्यमा समान नभएकाले युद्धमा युक्रेनतर्फ धेरै क्षति पुगेको बताए । उनले पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग दोहो¥याए ।

रुसी सेना राजधानी किभतिर अगाडि बढिरहेको छ । यहाँ झन् भिषण हमला हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा युक्रेनी सेनाको ठूलो क्षति हुने बताइएको छ । युद्धको सुरुवाती दिनमा रुसको हजाराैं सैनिक र सयाैं ट्यांक क्षति भएको विवरण सार्वजनिक गर्दै आएको थियो । तर रुसले त्यसको कुनै वास्ता नगरी हमला बढाउँदै गयो । अहिले युक्रेन आफ्नो क्षतिबारे बताउन बाध्य भएको छ । उसले अहिलेकै क्षति अब एक महिनासम्म भयो भने युक्रेनले युद्ध हार्ने बताएको छ ।

त्यसैगरी पूर्वी डोनबास क्षेत्रमा पनि भिषण लडाइँ जारी छ । रुसी सेनाको सामान गर्न सयौँ पश्चिमा युद्ध प्रणाली आवश्यक रहेको युक्रेनले बताएको छ । सिङ्गो डोन्बासको अधिकांश क्षेत्र रुसको नियन्त्रणमा आइसकेका छन् । पूर्ण कब्जाको लागि रुसी सेनाले चौतर्फी हमला जारी राखेको छ ।

अहिलेको सो क्षेत्रमा रुसको सामना गर्न १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । यो संख्या अहिलेसम्म युक्रेनमा प्राप्त गरिसकेको भन्दा निकै बढी भएको बताइएको छ । पश्चिमा देशहरुले यो संख्यामा अस्त्र पठाउन नसक्ने संकेत गरेका छन् । योसँगै युक्रेनको हार नजिकिँदै गएको छ ।

पूर्वी शहर सेभेरोडोनेट्स्कमा लडाइँ जारी छ । सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेका विवरण प्राप्त भएको बीबीसीले जनाएको छ । यो शहर रुसले कब्जा गरे पूर्वी डोनबास पूरै क्षेत्र युक्रेनले गुमाउनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेभेरोडोनेट्स्क शहरका लागि भएको लडाइँबाट पूर्वी डोनबास क्षेत्रको भाग्य निर्धारण हुनसक्ने बताउँदै आएका छन् । लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरको मुख्य भागबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन् । यो शहरको अधिकांश भाग रुसी सेनाको नियन्त्रणमा गइसकेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal