आज :

युक्रेनमा रुसविरुद्ध लड्दालड्दै कब्जामा परेका बेलायती र मोरक्कोका तीन सैनिकलाई फासीको सजाय

  • अनलाइन डबली

काठमाडौँ । युक्रेन घुसेर रुसविरुद्ध लडिरहेका तीन विदेशी सैनिकलाई डोनेट्स्क गणराज्यले फासी दिने फैसला गरेको छ । डोनेट्स्क गणराज्यको अदालतले बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मुृत्युदण्डको सजाय सुनाएको छ ।

रुसी सरकारी समाचार संस्था आरआइएएनका अनुसार तीनै जना विदेशी सैनिक रहेको र उनीहरु युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला कब्जामा परेका थिए । उक्त अदालतका अध्यक्षले उनीहरुले युद्धमा सहभागी भएर गम्भीर अपराध गरेका कारण मृ त्युदण्डको सजाय पाउन योग्य भएको बताएकाछन् ।

छुटै राज्यसहित अधिकारको लागि लडिरहेका नागरिकप्रति रुसले समर्थन गर्दै लुहान्स्क र डोनेट्स्कलार्य अलग राज्यको मान्यता दिएको थियो । राज्यको मान्यता पाएसँगै दुबै राज्यले छुटै सेना, अदालतसहितका राज्यका संरचना खडा गरेका थिए ।

यसैबीच बेलायत सरकारले आफ्ना नागरिकले फासीको सजाय पाएको विषयमा चासो व्यक्त गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनकी एकजना प्रवक्ताले आफूहरुले युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर बारम्बार भनिरहेको बताएको बीबीसीले जनाएको छ । उनले जेनेभा महासन्धि अन्तर्गत युद्धबन्दीहरूलाई युद्धमा सहभागी भएको कारण अभियोजन चलाउन नमिल्ने जनाएकी छन् ।

यसैबीच युक्रेनको पूर्वी क्षेत्रको सेभेरोडोनेट्स्कमा भीषण लडाईँ जारी रहेको छ । लडाइँ मत्थर हुने कुनै सम्भावना नरहेको स्थानीय अधिकारीले बताएका छन् । सेभेरोडोनेट्स्कमा रुसले भिषण हमला जारी राखेको पुष्टि गर्दे राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो शहरको लडाइँले डोनबास क्षेत्रको भग्य र भविष्य टुङ्गो लाग्न सक्ने बताएका छन् । उनले त्यहाँ चलिरहेको कठिन लडाइँमा युक्रेनले क्षतिहरू बेहोरिरहेकोे बताए ।

सेभेरोडोनेट्स्कका सैन्य प्रमुखले लडाइँ कठिन भए पनि आफूहरू लडिरहेको बताए । उनले युक्रेनी फौजले अझै त्यहाँको औद्योगिक क्षेत्र र आसपासका क्षेत्रमा नियन्त्रण कायम राखेको जनाएको बीबीसीले जनाएका छ ।

लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन् ।

गभर्नर हाइडाइनले युक्रेनले यदि लामो दूरी प्रहार गर्न सक्ने पश्चिमा हतियार पाएमात्रै आफूहरुले रुससँग लड्न सक्ने बताएका छन् । शहरमा भएका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम यतिबेला असम्भव भएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal