आज :

दुई वर्षीय बालकले चलायो गोली, बाबुको मृत्यु

  • अनलाइन डबली

एजेन्सी । अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन् । गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए ।

बालबालिकालाई बेवास्ता र लागुऔषध प्रयोगमा दुवै दम्पतीमाथि धेरै अपराधको अभियोग लागेको थियो । उता आफ्नै कार्यकक्षमा एक मन्त्रीमाथि गोली प्रहार गरिएको छ । यो घटना डोमिनिकन रिपब्लिककाको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार वातावरण तथा प्राकृतिक स्रोत साधन मन्त्री ओलान्डो जोर्ग मिरामाथि आफ्नै कार्यकक्षमै रहेको बेला ६ राउन्ड गोली प्रहार गरिएको थियो ।

५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए । राष्ट्रपति कार्यालयका अनुसार गोली प्रहार गर्ने मिगुल क्रुज मन्त्री ओरलान्डोका बच्चादेखिकै साथी हुन् । चिनजान गरेकै आधारमा मिगुल

उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । राष्ट्रपतिका प्रवक्ताले हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाईदेखि सेवा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमरुले जनाएका छन् ।

घटनापछि राष्ट्रपति अबिनादरले ट्वीट गर्दै ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको गुमाएको बताएका छन् । यो घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal