आज :

रुसी सेनाद्वारा युक्रेनी फौजमाथि २० सेकेण्डमा ४० रकेट प्रहार

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेना युक्रेनको राजधानी किभतिर अघि बढिरहेको छ । रुसले पूर्वी क्षेत्रलाई मुक्त गराएपछि युद्धविराम गर्छ भन्ने अडकलबाजीलाई फेल गर्दै रुसी सेना राजधानी किभमाथि आइतबारबाट सुरु गरेको हमला जारी राखेको छ ।

रुसको रक्षा मन्त्रलयले हालै जारी गरेको भिडियोमा रुसी सेनाले ठूलो तयारीका साथ युक्रेनमाथि हमला गरिरहेको छ । उक्त भिडियो कुन क्षेत्रमा गरिएको महला हो भन्ने नखुलाइएपनि राजधानी किभतिर अघि बढ्ने क्रममा युक्रेनी फौजमाथि गरिएको हुन सक्ने बताइएको छ ।

भिडियोमा रुसी सेनाले अत्याधुनिक अस्त्रसहित अघि बढिरहेको छ । रुसी सेनाले छोटो दूरीका रकेट प्रहार गरिरहेको छ । रकेट यसरी प्रहार गरिरहेको छ कि २० सेकेण्डमा ४० वटा रकेट प्रहार गरिएको छ । एक सेकेण्डमा दुईवटा रकेट प्रहार भइरहेका छन् । यो भिडियोले आफू किभ कब्जा नगरी पछि नहट्ने रुसले संकेत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

हालै मात्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले सैन्य अस्त्र दिन नरोके आफूहरुले अहिलेसम्म प्रयोगमा नल्याएका हतियारबाट हमला गर्ने चेतावनी दिएका थिए । अमेरिकाले रुसलाई नयाँ हतियार उपलब्ध गराएको प्रसंगमा बोल्दै पुटिनले सहयोग नयाँ नभएपनि लामो दूरीका नयाँ अस्त्र उलपब्ध गराए आफू यmुक्रेनमाथिको हमलाको सूची परितर्वन गर्न बाध्य हुने बताएका थिए ।

टर्कीको इस्तानबुलमा भएको शान्तिवार्ता पछि रुसी सेना राजधानी किभबाट पछि हटेको थियो । किभलाई चारैतिरबाट घेराउ गरेपनि वार्तामा भएको सहमति अनुसार रुसी सेना पछि हटेको थियो । रुसी सेनाले राजधानीबाट नजिक रहेको शहर एरपिन, खार्किभ, मारियोपोल, डोनबास, लुहान्स्कलगायतका क्षेत्रमा हमलालाई तेज बनाएको थियो ।

किभका मेयर भिताली क्लिन्स्कोले पनि रुसी सेनाले फेरि हमला सुरु गरेको पुष्टि गरेका छन् । उनले हप्तौंपछि किभबाट पश्चिममा पर्ने शहरमा हमला भएको बताए । बीबीसीका संवाददाता जो इनबुडले हप्तौंपछि किभको आकाशमा कालो धुवाँको मुस्लोले देखिएको बताए ।

मारियोपाल लुहान्स्क, डोनबासलगायतका क्षेत्रमा आफूले कब्जामा लिएको रुसले दाबी गरेको छ । अहिले सेभरोडोनेट्स्क सहरमा भिषण लडाइँ जारी रहेको छ ।

यसको पुष्टि गर्दै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले त्यहाँको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । उनले रुसी सेना गल्लीगल्लीमा पसेको बताएका छन् । पूर्वी युक्रेनमा रहेका सेभरोडोनेट्स्क र अरू सहरहरूमा निरन्तर हवाई हमलाहरू, गोलाबारी र क्षेप्यास्त्र हमला भइरहेको जेलेन्स्कीले बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal