आज :

रुसी सेनाले फेरि सुरु गर्यो युक्रेनको राजधानीमा भिषण हमला, अवस्था निकै कठिन छः जेलेन्स्की

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य कारवाही गरेको यस दिन पूरा भएपछि फेरि राजधानी किभमा भिषण महला भएको छ । खार्किभ, मारियोपोलसहित पूर्वी क्षेत्रमा लामो लडाइँ जारी रहेपनि राजधानी किभ लामो समयदेखि शान्त देखिएको थियो ।

टर्कीको इस्तानबुलमा भएको शान्तिवार्ता पछि रुसी सेना राजधानी किभबाट पछि हटेको थियो । किभलाई चारैतिरबाट घेराउ गरेपनि वार्तामा भएको सहमति अनुसार रुसी सेना पछि हटेको थियो । रुसी सेनाले राजधानीबाट नजिक रहेको शहर एरपिन, खार्किभ, मारियोपोल, डोनबास, लुहान्स्कलगायतका क्षेत्रमा हमलालाई तेज बनाएको थियो ।

किभका मेयर भिताली क्लिन्स्कोले पनि रुसी सेनाले फेरि हमला सुरु गरेको पुष्टि गरेका छन् । उनले हप्तौंपछि किभबाट पश्चिममा पर्ने शहरमा हमला भएको बताए । बीबीसीका संवाददाता जो इनबुडले हप्तौंपछि किभको आकाशमा कालो धुवाँको मुस्लोले देखिएको बताए ।

आइतबारबाट सुरु भएको हमला जारी रहेको बताइएको छ । फेरि किभमा खतराको साइरन बज्न सुरु गरेको छ भने आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएका थिए । हमलामा परी दर्जन जति युक्रेनी फौजका सदस्यहरु घाइते भएको बताइएपनि आधिकारिक पुष्टि भने भएको छैन ।

मारियोपाल लुहान्स्क, डोनबासलगायतका क्षेत्रमा आफूले कब्जामा लिएको रुसले दाबी गरेको छ । अहिले सेभरोडोनेट्स्क सहरमा भिषण लडाइँ जारी रहेको छ । यसको पुष्टि गर्दै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले त्यहाँको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । उनले रुसी सेना गल्लीगल्लीमा पसेको बताएका छन् । पूर्वी युक्रेनमा रहेका सेभरोडोनेट्स्क र अरू सहरहरूमा निरन्तर हवाई हमलाहरू, गोलाबारी र क्षेप्यास्त्र हमला भइरहेको जेलेन्स्कीले बताएका छन् ।

यो शहर कब्जा गरेसँगै लुहान्स्क क्षेत्र रुस र लामो समयदेखि अगल राज्यको माग गर्दै संघर्ष गरिरहेका रुसी भाषीको नियन्त्रणमा पुग्नेछ ।
लुहान्स्कका गभर्नरले युक्रेनी फौजहरू अझै पनि सेभरोडोनेट्स्कमा लडिरहेको र उनीहरूले पश्चिमा साझेदारहरूले सहयोग स्वरूप उपलब्ध गराएको अस्त्रहरू कुरिरहेको बताएका थिए । उनले जति चाँडो हामीसँग लामो दूरीमा हान्ने क्षमताका पश्चिमा अस्त्रहरू हुन्छन् त्यहीअनुसार युक्रेनी फौजले रुसी सेनालाई पछाडि धकेल्न सक्ने बताएका थिए ।

बीबीसीका अनुसार लडाइँका कारण सेभरोडोनेट्स्कका अधिकांश क्षेत्र भग्नावशेषमा परिणत भएका छन् । गभर्नर हाईडाईका अनुसार रुसी फौजहरूले युक्रेनलाई थप सैन्य सामग्री ल्याउनबाट रोक्न नदीमा निर्मित पुललाई ध्वस्त बनाइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal